अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) को १२ औं संस्करण पूर्वाञ्चलको इटहरीमा हुने भएको छ ।

आइओएफटीसीका टुर्नामेन्ट डाइरेक्टर दिवाकर महर्जनले शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गर्दै १२ औं संस्करणमा पूर्वाञ्चलको इटहरीमा सन् २०१८ मा गर्ने घोषणा गरेका गरे ।

पुर्वमा पहिलो पटक आइओएफटीसी हुन लागेको हो । यसअघि काठमाडौंमा २ पटक र पोखरामा एक पटक च्याम्पियनसिप भइसकेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले इटहरीलाई खेलकुद नगरीका रुपमा विकास गर्ने उद्देश्य रहेकाले आइओएफटीसी इटहरीमा गराउन आफूले पहल गरेको बताए ।

‘इटहरीलाई खेलकुद नगरीका रुपमा विकास गर्ने लक्ष्य अनुसार यहाँ तेक्वान्दो कर्भडहल, ब्याडमिन्टनको कर्भडहललायतका पूर्वाधार निर्माण भइरहेका छन् ।

यसै सन्दर्भमा विश्वका विभिन्न देशका खेलाडी सहभागी गराउने आइओएफटीसी यहाँ गराउँदा ठूलो महत्व राख्ने छ,’ सदस्यसचि विष्टले भने । उनले अस्ट्रेलियामा गर्ने तयारीमा रहेको च्याम्पियनसिपलाई नेपालमा गर्नका लागि आफूले आग्रह गरेको बताए ।

अमेरिकाको पोर्टल्यान्डमा सन् २०१६ को १४ र १५ अक्टोबरमा भएको ११ औं संस्करणमा सहभागी भएर फर्के पछि आफू सो प्रीतयोगिताप्रति उत्साहित भएको बताउँदै सदस्यसचिव विष्टले सो प्रतियोगिता भव्य बनाउनका लागि राखेपले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रत्येक दुई वर्षको अन्तरमा हुने च्याम्पियनसिप नेपाललगायत दक्षिण एसियाबाट भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशको सहभागीता रहने छ भने अमेरिका, क्यानडा, इग्ल्यान्ड, मेक्सिको, मकाउ, हङकङ, जापान, कोरिया, ग्वाटेमालालगायत देशहरुबाट करिब ५ सय खेलाडीहरुको सहभागीता रहने प्रतियोगिता निर्देशक महर्जनले बताए ।

न्युयोर्कमा बस्दै आउनुभएका संचारकर्मी किशोर पन्थी आइओएफटीसीले खेल, पर्यटन र संस्कृतिको विकासमा आईओएफटीसीले महत्वपूर्ण भूमिका खेलेको चर्चा गरे ।

अहिलेसम्म आइओएफटीसीमा नेपाल र अमेरिका चार÷चार पटक टिम च्याम्पियन भएका छन् । युके २ पटक र हङकङ १ पटक च्याम्पियन भएको छ ।

‘स्पाइरिङ र पुम्सेमा प्रतिस्पर्धा गराइने छ भने जुनियर खेलाडीलाई समेत समावेश गराउने लक्ष्य राखेका छौं,’ महर्जनले भने । पत्रकार सम्मेलनमा बेलायतमा मार्सलआर्टको प्रवद्र्धन गरिरहनु भएका मास्टर राष्ट्र राइ, पूर्वाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका सदस्य गणेश बुढाथोकी, सुनसरी जिल्ला खेलकुद समितिका अध्यक्ष धनप्रसाद राई, नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य टार्जन सुब्बा, युयुएनटिएफका उपाध्यक्ष फणिन्द्र खड्कालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah