एजेन्सी । बलिउडका एकपछि अर्को कलाकारहरु कोभिड प्रभावित भएका छन् । जसलाई हेर्दा बलिउडमा कोभिडको संक्रमिण तिब्र रुपमा फैलिए जस्तो देखिएको छ । भर्खरै अर्जुन कपुर सहित उनको परिवारका धेरैको कोविड रिपोर्ट पोजेटिभ आएको थियो । अब निर्देशक तथा निर्माता एकता कपुरलाई पनि कोभिड पुष्टि भएको छ । एकता कपुरले इन्स्टाग्राममा यो जानकारी दिएकी हुन् ।
एकता कपूरले लेखेकी छिन्, ‘सबै सावधानी अपनाएपछि पनि मेरो रिपोर्ट पोजेटिभ आएको छ । म सन्चै छु र पछिल्ला केही दिनमा मेरो सम्पर्कमा आएका सबैलाई कोभिड परीक्षण गराउन अपिल गर्दछु।
आज बिहान जोन अब्राहम र उनकी श्रीमती प्रिया रुञ्चललाई पनि संक्रमण भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । यति मात्र होइन, अभिनेता नकुल मेहताका ११ महिनाका छोराको कोभिड रिपोर्ट पनि पोजेटिभ आएको छ ।
बलिउडमा पछिल्ला केही दिनमा सीमा खान, करीना कपूर खान, अर्जुन कपूर, रिया कपूर, नोरा फतेही, मृणाल ठाकुरलाई कोभिड भएको थयो ।
‘बडे अच्छे लगते हैं २’ फेम अभिनेता नकुल मेहताकी श्रीमती जानकी पारेख मेहता र ११ महिनाको छोरा सुफीलाई पनि कोभिड भएको जानकारी दिँदै जानकीले इन्स्टाग्राममा लेखेकी छिन्, ‘कतै कतै सधैं थाहा हुन्थ्यो।।। कोभिड–१९ जस्तो भाइरसले हामीमध्ये धेरैलाई पहिले वा पछि लाग्ने छ। तर ११ महिनाको छोरालाई पनि संक्रमण भयो। यो खबरले मलाई अचम्मित तुल्यायो।



