२३ वर्षीया कविता (नाम परिर्वतन) भर्खर सिभिल इन्जिनियरिङको पढाइ सकेर अटोमोबाइल्स कम्पनीमा काम गर्दै आएकी थिइन् । काठमाडौंको सम्पन्न परिवारमा जन्मे/हुर्केकी उनको जागिर र मासिक कमाइ आकर्षक नै थियो । आफ्नो खुट्टामा उभिएकाले बाहिर हिँड्न परिवारबाट उनलाई खासै बन्देज थिएन । त्यसबीचमा एक युवकसँग उनको अफेयर चल्यो । उनीहरू बिदाको समयमा घुम्न जान्थे । प्रेमीले पनि उपत्यकाको एक नाम चलेको गाडी शोरूममा काम गर्दै आएका थिए ।आर्थिक अवस्था भने युवकको अलि कमजोर थियो ।कविताले प्रेमीलाई बेलाबेलामा आर्थिक सहयोग पनि गर्दै आएकी थिइन् ।टेलिग्राममा उनीहरूबीच दैनिक भिडियो कल हुन्थ्यो ।उनीहरूबीच निजी कुरा पनि शेयररिङ हुने गर्थ्यो ।

गहिरो प्रेममा रहेकाले उनले प्रेमीलाई कहिल्यै अविश्वास गरिनन् ।तर, एक दिन इमेलमा आएको फोटोले उनको होश उड्यो ।इमेलमा आफ्नै ना,ङ्गो फोटो थियो । फोटोसँगै सन्देश लेखिएको थियो– ७० लाख देऊ, नत्र फोटो सामाजिक सञ्जालमा भाइरल बनाइदिन्छु ।परिवारलाई पनि फोटो पठादिने ध,म्की इमेलमा थियो । कविता छाँगाबाट खसेजस्तो भइँन् । के गर्ने, कसो गर्ने सोच्न पनि सकिनन् ।परिवारलाई यो कुरा शेयर गर्ने अवस्था थिएन । उनले सबैभन्दा नजिक सोचेर प्रेमीलाई उक्त कुरा शेयर गर्ने निधो गरिन् । प्रेमीले पनि उक्त कुरा घर परिवारलाई भन्न नहुने सुझाव दिए । लफडामा लाग्नुभन्दा थोरै-थोरै गरेर पैसा दिनु उपयुक्त हुने सुझाए ।प्रहरीलाई भनेर अनुसन्धान पनि गराउनुपर्छ भन्ने कुरा उनीहरूबीच भयो ।

पहिला आफूसँग भएको पैसा दिने, त्यसपछि प्रहरीलाई खबर गर्ने निष्कर्षमा उनीहरू पुगे ।उनले प्रेमीमार्फत २ लाख ५५ हजार रुपैयाँ पठाइन् । केही समयलाई फोटो सार्वजनिक नगर्ने भनेर इमेल आयो ।त्यसपछि उनी उजुरीसहित नेपाल प्रहरीको साइबर ब्यूरो भोटाहिटीमा पुगिन् ।‘सर, मेरो निर्वस्त्र फोटो इमेलबाट मलाई नै पठाएको छ । ७० लाख रुपैयाँ पनि मागेको छ । लौन मलाई बर्बाद हुनबाट बचाइदिनु पर्यो ब्यूरोमा आएर उनले गरेको गुनासो उद्धृत गर्दै एक प्रहरी अधिकृतले भने ।त्यसपछि उजुरी दर्ता गर्न लगाएर प्रहरीले अनुसन्धान अगाडि बढायो । कवितासँग आवश्यक जानकारी लिइयो । प्रहरीले इमेलका सम्बन्धमा अनुसन्धान शुरू गर्यो । इमेल कहाँबाट आएको भन्ने अनुसन्धान गर्दै एक गाडी शोरूमको आईपी प्रयोग भएको देखियो ।

उक्त शोरूमबाट धेरै मेल आदानप्रदान भएकाले प्रहरीलाई वास्तविक दोषीसम्म पुग्न चुनौती थियो ।तर, अनुसन्धान गर्दै जाँदा खुल्यो ती युवतीका प्रेमी पनि सोही शोरूममा काम गर्ने रहेछन् ।यस प्रकरणमा प्रेमीको संलग्नता रहेको शंका गर्न प्रहरीले पर्याप्त आधार पाइसकेको थियो ।प्रहरीले मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ९ घर भएका सुमन रेग्मी (युवतीका प्रेमी)लाई पक्राउ गर्यो ।अनुसन्धान गर्दै जाँदा खुल्यो इमेल पठाउने व्यक्ति अरू कोही नभएर प्रेमी नै रहेछन् ।

धनी बाउकी छोरी पट्याउने र ब्ल्याकमेल गरेर पैसा कमाउने उद्देश्यले नै नजिक भएको रहस्य खुल्यो ।‘सुमनले धनी बाउकी छोरीलाई ब्ल्याकमेल गरेर पैसा कमाउने उद्देश्यले मायाजालमा फसाएको देखिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘उनले कवितालाई नाङ्गो फोटो खिच्नका लागि प्रेसर गरेको पनि खुलेको छ ।’प्रहरीले त्यसपछि फेरि कवितासँग कुराकानी गर्यो । तब त्यो फोटो खिच्नुको रहस्य पनि खुल्यो ।’माया गर्ने मान्छे, के फरक पर्छ त’ भनेर प्रेमीले न्यूड भिडियो कल गर्न लगाउने गरेको बयान उनले प्रहरीलाई दिइन् ।प्रहरीसँगको बयानमा सुमनले भिडियो कलबाटै न्यूड फोटो स्क्रीन शट गरेर पठाएको स्वीकारेका छन् ।

यो प्रकरणमा दोषीलाई जिल्ला अदालत काठमाडौंले डेढ वर्ष कैद सजाय सुनाएको छ भने ब्ल्याकमेल गरेर लिएको पैसा जरिवानासहित फिर्ता गराइएको छ ।दोषीलाई विद्युतीय कारोवार ऐन २०६३ को दफा ४७ अन्तर्गत १ वर्ष कैद तथा आपराधिक गतिविधिबाट लाभ लिएको अभियोगमा थप ६ महिना कैद गरी १६ महिना जेल सजाय सुनाइएको हो ।सुमनले लगेको २ लाख ५५ हजार फिर्ता र जरिवाना बापत ५० हजार दिलाउने फैसला पनि अदालतले गरेको थियो । लोकान्तर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah