काठमाडौं । आगामी पुष २५ गते आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले २५ देखि २७ गते सम्मका लागि प्रधानमन्त्री देउवाको भारत भ्रमण अनुमोदन गरेको हो । २५ सदस्यीय टोलीमा प्रधानमन्त्री देउवासहित २५ जना हुने बताइएको छ भने टोली सोमबार गुजरातमा सुरु हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुने बताइएको छ ।

चार दिने भ्रमणका लागि निस्कन लागेका प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले भारतबाट जीटुजीमार्फत मल खरिद गर्न सम्झौता गर्ने निर्णय पनि गरेको छ । भारत सरकारसँग मल खरिदका लागि पाँच वर्षका लागि सम्झौता गर्नेगरी निर्णय भएको बताइएको छ ।

पहिलो वर्ष डेढ लाख मेट्रिकटन मल खरिद हुने भनिएको छ भने त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जानेगरी सम्झौता हुन लागेको बताइएको छ ।प्रधानमन्त्री देउवा भारत भ्रमणकै समयमा यस विषयमा सचिवस्तरीय सम्झौतापत्रमा हस्ताक्षर हुने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah