काठमाडौं । इण्डियन आइडल पवनदीप राजन नेपाल आउने भएका छन् । उनी यही माघ १ गते ठमेलस्थित ‘एलओडी’ क्लबमा हुने कार्यक्रमका लागि नेपाल आउन लागेका हुन् ।

पनवदीप इन्डियन आइडलको सन् २०२१ सिजन १२ का विजेता हुन् । सोही प्रतिस्पर्धामा अरुणिता कांजीलाल दोस्रो बनेकी थिइन् । क्लबका निर्देशक रविन श्रेष्ठले अंग्रेजी वर्षको सुरुवातीमा इन्डियन आइडल पवनदीप ल्याएर नेपाली दर्शकलाई मनोरञ्जन दिन लागिएको बताए ।

‘अंग्रेजी नयाँ वर्ष २०२२ लागे यता नेपालमा पहिलोपटक विदेशी कलाकार ल्याउन लागेका छौँ,’ उनले भने,’ कोभिडले थलिएको ठमेललाई सांगीतिक माहोलले तताएर भएपनि उर्जा दिनेछौँ ।’

कोभिड संक्रमणको संख्या बढिरहेको समयमा कार्यक्रम गर्नु चुनौतीपूर्ण रहेको श्रेष्ठको भनाइ छ । जनस्वास्थ्यको मापदण्ड अपनाएर सांगीतिक कार्यक्रम आयोजना गरिने उनले बताए । यसअघि एलओडीमा केही बलिउड र हलिउडका कलाकारले प्रस्तुति दिइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah