अष्ट्रेलियासँगको द एशेज सिरिजको चोथो खेलमा इंग्ल्याण्डका ब्याटर जोनि बेयरिस्टोले शतक बनाएका छन् । उनको यो टेष्ट क्रिकेटमा सातौँ शतक हो । बेयरिस्टोले १ सय ३८ बलमा ८ चौका र तीन छक्काको मद्दतमा आफ्नो शतक पूरा गरेका हुन् ।

एशेज सिरिजको पहिलो र दोस्रो खेलमा भने बेयरिस्टोले मौका पाएका थिएनन् । उनले आफ्नो अन्तर्राष्ट्रिय टेष्ट क्रिकेट हालसम्म ८९ म्याच खेल्दै ४ हजार २ सय २१ रन बनाएका छन् । जसमा उनले २२ अर्धशतक बनाएका छन् ।

अष्ट्रेलियासँगको चौथो खेलमा इंग्ल्याण्डले आफ्नो पहिलो पारीमा सात विकेट गुमाएर २ सय ५८ रन बनाएको छ । उसले आफ्नो विकेट हसिब हमीद ६, ज्याक कर्ली १८, डेविड मलान ३, कप्तान जो रुट शून्य, बेन स्टोक्स ६६, जोश बटलर शून्य र सातौँ विकेटको रुपमा मार्क वुडलाई ३९ रनमा गुमाएको थियो । त्यस्तै, क्रिजमा अहिले ज्याक लीच चार रनमा अविजित ब्याटिङ गरिरहेका छन् ।

घरेलु टोली अष्ट्रेलियासँगको पाँच खेलको द एशेज सिरिज भने इंग्ल्याण्डले गुमाइसकेको छ । अष्ट्रेलियाले एशेज सिरिज दुई खेल अगावै जितिसकेको छ । सो एशेज सिरिज अष्ट्रेलिया क्लिनस्विप र इंग्ल्याण्ड क्लिनस्विपबाट बच्न चाहान्छ ।

दशौं म्याचका लागि होबार्टको टोली घोषणा

अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा आफ्नो दशौं खेलका लागि होबार्ट हरिकेन्सले टोली घोषणा गरेको छ । उसले आज पीटर ह्यान्सकम्बको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । नियमित कप्तान म्याथ्यू वेड दशौं खेलमा उपलब्ध हुने छैनन् ।

होबार्टले आफ्नो अफिसियल साइटमा म्याथ्यू दशौं खेलका लागि व्यक्तिगत कारणका लागि उपलब्ध हुन नसक्ने बताएको उल्लेख गरेको छ । ह्यारी ब्रुक र जोर्डन थम्पसन कोरोना आशंकाका कारण १० औं खेलमा उपलब्ध हुने छैनन् । यद्यपि उनीहरूको पीसीआर रिपोर्ट भने नेगेटिभ आइसकेको छ ।

होबार्टको टिममा टम ल्यामोनबी अनुबन्ध भएका छन् । उनी इंग्ल्याण्डका खेलाडी खेलाडी हुन् । त्यस्तै, टिममा गाबे बेल र विल स्यान्डर्स पनि टिममा समावेश भएका छन् । स्कट बोल्याण्ड, नाथन एलिस, जोस क्यान र जोएल पेरिस भने भोलिको खेलका लागि उपलब्ध हुने छैनन् । बोल्याण्ड टेष्ट सिरिजमा हुँदा बाँकी तीन खेलाडी भने चोटका कारण दशौं खेलका लागि उपलब्ध हुन नसकेका हुन् ।

होबार्टमा आवद्ध नेपाली बलर सन्दीप लामिछानले भने दशौँ खेलमा पनि टिममा स्थान बनाएका छन् । उनी लगातार दशौं खेलका लागि टिममा अटाएका हुन् । सन्दीपले ९ म्याच खेल्दा ८ विकेट लिएका छन् । होबार्टले आफ्नो दशौं खेलमा ब्रिसबेन हिटको सामना गर्दैछ । ब्रिसबेन र होबार्टबीचको खेल शनिबार हपरान्ह ३ः१५ बजेदेखि सुरु हुनेछ ।

दशौं खेलकालागि होर्बाटको १४ सदस्सीय टोली : पिटर ह्यान्ड्सकम्ब (कप्तान), डार्सी शर्ट, बेन म्याक्डमोर्ट, टिम डेभिड, कालेब ज्वेल, टम ल्यामोनबी, रिले मेरिडिथ, गाबे बेल, मिच ओवेन, विल पार्कर, टम रोजर्स, सन्दीप लामिछाने, विल स्यान्डर्स र म्याक राइट ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah