बार्सिलोनाका ब्राजिलियन अट्याकिंग मिडफिल्डर फिलिप कोटिन्हो प्रिमियर लिग क्लब एस्टन भिल्ला आउने भएका छन् । कोटिन्हो बार्सिलोना छोडेर लोनमा भिल्लामा आउने निश्चित भएको हो । बार्सिलोनामा खेल्ने समय नपाएका कारण असन्तुष्ट रहेका कोटिन्हो नयाँ प्रशिक्षक जाभी आएपछि पनि प्राथमिकतामा परेका थिएनन् । कोटिन्हो यस सिजनको अन्त्यसम्म एस्टन भिल्लाबाट खेल्ने छन् । लोन सम्झौतामा कोटिन्होको पारिश्रमिक भिल्लाले तिर्ने सहमति भएको बेलायती मिडियाहरुले उल्लेख गरेका छन् ।
मिडिया रिपोर्टका अनुसार कोटिन्हो आजै मेडिकलका लागि लन्डन आउने बताइएको छ ।
कोटिन्हो २०१९-२० सिजन बायर्न म्युनिखबाट लोनमा खेलेका थिए । उनले बायर्नमा ३८ खेलमा ११ गोल गरेका थिए । त्यसपछि २०-२१ सिजनमा बार्सिलोनामा केवल १४ खेल खेलका उनले ३ गोल गरेका थिए भने यस सिजनमा अहिलेसम्म १६ खेल खेल्दै २ गोल मात्र गरेका छन् । कोटिन्हो २०१७ मा प्रिमियर लिग क्लब छोडेर बार्सिलोना गएका थिए । उनको बार्सिलोनामा शुरु देखिनै प्रदर्शन अपेक्षा अनुरुप हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah