नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दूमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । आज दिउँसो मध्यविन्दू नगरपालिका–१५ ढोकाडी निवासी ६० वर्षीय टेकबहादुर कुमाललाई बाघले आक्रमण गर्दा घाइते भएका हुन् ।भुलपानी चौरमा गाईवस्तु चराउने क्रममा उहाँलाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट कुमालको टाउकामा गम्भीर चोट लागेको छ । उनको अवस्था चिन्ताजनक छ ।बाघको आक्रमणबाट घाइते भएका कुमाललाई स्थानीयवासीले उद्धार गरी मध्यविन्दू जिल्ला अस्पताल डण्डामा उपचारका लागि ल्याएका थिए । मध्यविन्दुमा सामान्य उपचारपछि भरतपुर सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक सागर पन्तले बताए ।

नवलपुरको दुम्किबास, अरुणखोला, मध्यविन्दु क्षेत्रमा बाघका कारण स्थानीयवासी त्रसित छन् । यसअघि यस क्षेत्रमा बाघको आक्रमणबाट एक महिनाको अन्तरालमा दुई जनाको मृत्यु भएको छ ।बाघले लगातार मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीयवासी थप चिन्तित बनेका छन् । उनीहरूले मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा ठोस पहल नभएको भन्दै गुनासो गरेका छन् ।

यस क्षेत्रमा बाघले मानिसलाई लगातार आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालय नवलपुरले एक सूचना जारी गर्दै वन क्षेत्रमा प्रवेश नगर्न अनुरोध गरेको छ । गाईवस्तु चराउन, घाँस काट्न, निउरो, च्याउ टिप्न वन क्षेत्रमा नजान कार्यालयले अनुरोध गरेको छ ।बाघ नियन्त्रणका लागि प्रक्रिया अगाडि बढिरहेको र अझै जोखिम रहेकाले वन क्षेत्रमा जाँदा सावधानी अपनाउ डिभिजन वन कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah