
आजको आधुनिक युगमा पनि हाम्रो समाज यति परम्परागत सोचको छ कि विभिन्न समयमा हुने विभिन्न घटनाले यसको पुष्टि गरिरहेको हुन्छ ।
खासगरेर हाम्रो जस्तो तेस्रो विश्वका देशहरु जस्तःै नेपाल भारत र अन्य अफ्रिकन मुलुकहरुमा यस्ता घटना देख्न र सुन्न पाइन्छ । जुन यति भयानक खालको हुन्छ कि जसमा मानिहरु ज्यान नै जाने सम्मका काम गरिरहेका हुन्छन् । भारतको एक राज्यमा यस्तै विभत्स घटना भएको छ ।
भारतको हरियाणामा परम्परागत सोच भएका एक बाबुले तान्त्रिक बन्ने आफ्नो चाहना पुरा गर्न आफ्नै नाबालक छोराको बलि दिएका छन् ।
उनले टेलिभिजनबाट प्रसारण हुँदै आएको क्राइम शो देखेर नाबालक छोराको बलि चढाएको त्यहाँका अधिकारीलाई उद्यृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
सञ्चार माध्यमलाई समाज परिवर्तनको सबैभन्दा सशक्त माध्यम मानिन्छ तर कहिलेकाही मिडियाबाट प्रशारित कार्यक्रमबाटै नराम्रो घटना घटाउन पनि सक्छ ।
एक टेलिभिजन शो हेरेकै भरमा एक पिताले आफ्नो नाबालक छोराको ज्यान लिए । सञ्चार माध्यमबाट प्रभावित भएर घटेको यो पहिलो घटना भने होइन । पहिले पनि फिल्म र टिभी शो हेरेकै भरमा कयौँ बालबालिकाले पनि कयौ हरकत गरेर घाइते भएको र ज्यान समेत गुमाएका घटनाहरु सार्वजनिक भइसकेका छन् ।
धिरज नाम गरेका ती बाबुले क्राइम सिरियल देखेर तान्त्रिक मन्त्रबाट पैसा कमाउने चाहना पुरा गर्न भन्दै आफ्नो ३ वर्षीया अचेत छोराको बलि दिएको प्रहरीलाई बयान दिएका छन् ।
उनी परम्परागत सोचमा यतिसम्म लिप्त भएकी उनले आफ्नो सन्तानले यो संसारलाई बुझ्न नपाउदै उसको ज्यान लिन पनि पछि हटेनन् ।
छोरालाई घुमाउन लैजाने बहाना बनायर धिरजले सुनसान ठाउँमा लगेर नहरमा बली दिएको सामाचारमा उल्लेख छ । प्रहरीले सोधपुछ गर्दा उनले आफ्नो गल्तीलाई सजिलै स्वीकारेका थिए ।



