त्रिभुवन विश्वविद्यालय कोरोना परीक्षा नियन्त्रण कार्यालयका अनुसार अहिले राजधानीका विभिन्न परीक्षा केन्द्रबाट १७ जना कोरोना सङ्क्रमितले परीक्षा दिइरहेका छन् ।

परीक्षा नियन्त्रण कार्यालयले अहिले स्नातक तह चौथो वर्षको परीक्षा सञ्चालन गरिरहेको छ । सबैभन्दा धेरै सङ्क्रमित बानेश्वर क्याम्पसमा छन् । यस केन्द्रमा १० जना कोरोना सङ्क्रमितले परीक्षा दिइरहेका छन् । त्यस्ता परीक्षार्थीलाई ठूलो कोठामा राखेर परीक्षा दिने व्यवस्था गरिएको छ ।

सङ्क्रमितको उत्तरपुस्तिका निर्मलीकरण गरेर छुट्टै खाममा राखी सम्बन्धित कार्यालयमा लैजाने व्यवस्था गरिएको छ । कलङ्कीस्थित रिचमन्ड एकेडेमीमा पनि तीन सङ्क्रमितले परीक्षा दिइरहेका छन् । नवोदित र पाटन बहुमुखी क्याम्पसमा पनि दुई–दुई जना सङ्क्रमितले परीक्षा दिइरहेका छन् ।

कोरोना सङ्क्रमितले परीक्षामा बस्न चाहेको अवस्थामा ७२ घण्टाअगाडि पीसीआर परीक्षण गरेको रिपोर्ट पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah