काठमाडौं । कर्तव्य ज्या’न मु’द्दामा फरार रहेका एकजना आ’रोपीलाई प्रहरीले १७ वर्षपछि साउदी अरेबियाबाट पक्राउ गरेको छ ।उदयपुरको बेलका नगरपालिका–६ का ४० वर्षीय गोविन्द मगरलाई नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा साउदीमा पक्राउ गरेको हो ।केन्द्रीय प्रहरी प्रवक्ता मुकुन्दराज आचार्यका अनुसार इन्टरपोलको रेड नोटिसमा परेका उनलाई साउदीमा पक्राउ गरेर बुधबार नेपाल ल्याइएको हो ।
मगरले १३ मंसिर २०६१ मा मानबहादुर तामाङको ह’त्या गरेको अभियोग छ ।जिल्ला अदालत, उदयपुरले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । इलाका प्रहरी कार्यालय, रामपुर ठोक्सिलाको अनुरोधमा एनसीबी काठमाडौंले अन्तर्राष्ट्रिय खोजतलासका लागि २६ माघ २०७७ मा रेड नोटिस जारी गराएको थियो । मगरलाई थप कारबाहीका लागि उदयपुर पठाइएको प्रहरीले जनाएको छ ।घ’टनालगत्तै संलग्नता नखुल्दा उनी भागेर वैदेशिक रोजगारीका लागि साउदी पुगेका थिए ।



