आमा बन्नु जो कोहीका लागि पनि अनौठो पलका रुपमा हुने गर्दछ । जो कोहीले पनि यो क्षणलाई सुन्दर क्षणका रुपमा लिने गर्दछन् । एक महिलाले एउटा मात्र होइन दुइवटा मात्र होइन ३७ बर्षको उमेरमा ३८ वटा बच्चा जन्माएर वल्र्ड रेकर्ड नै बनाएकी छिन् ।
युगान्डाकी ती महिलाको नाम मरियम हो । उनको सानै उमेरमा विवाह भएको थियो । उनी १३ बर्षकी हुँदा नै पहिलो पटक आमा बनिसकेकी थिईन । युगान्डाको मुकोनो जिल्लाको कबिम्बिरी गाँउमा बस्ने मरियमलाई त्यहाँका मानिसहरुले बच्चा जन्माउने मेशिन भनेर बोलाउने गर्दछन् । यि महिलालाई मान्ने पर्छ । आजकलका महिलाहरु एउटा बच्चा जन्माएपछि अर्काे बच्चा जन्माउन गाह्रो मान्छन् तर उनले हालसम्म ३८ बच्चा जन्माइसकेकी छिन् ।
मरियमले ६ पटक जुम्ल्याहा, चार पटक ट्पिलेट्स(एक साथ तीन बच्चा) र तीन पटक क्वार्डप्लेट्स(एक साथ ४ बच्चा) लाई जन्म दिएकी थिइन् । उनले केबल दुई पटक मात्र एक एक बच्चालाई जन्म दिएकी हुन् । मरियमले भनिन, मेरो बाबुको पनि अलग अलग महिलाबाट कुल ४५ बच्चा जन्मिएका थिए । तर उनी त एक्लैले ३८ बच्चा जन्माएकी छिन् ।
उनको जेठो छोरा २३ बर्षको भयो । मरियमले डाक्टरहरुसँग परिवार नियोजनका लागि सल्लाह लिनकी पनि हुन तर डाक्टरले उनलाई यसो नगर्न सल्लाह दिएका थिए । डाक्टरका अनुसार मरियमको शरिरमा धेरै अण्डा उत्पादन हुने भएकाले यदि उनी आमा बनिनन् भने उनको ज्यानलाई नै खतरा हुनसक्छ । त्यसैले पनि बर्थ कन्ट्रोल गर्नु उनका लागि घातक हुने बताइएको छ ।











