तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा आज साँझ जीप दु’र्घटना हुँदा चार जनाको मृ’त्यु भएको छ ।धरमपानीस्थित हटिया भन्ने ठाउँमा जीप दु’र्घटना हुँदा चार जनाको घ’टनास्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।जीपमा १२ जना सवार रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । घाइते भएकालाई उद्धार गरी बन्दीपुर अस्पताल पठाइएको उनले बताए ।
मृ’त्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । ग १ ज ६५५५ नम्बरको जीप अनियन्त्रित भई भीरबाट तल खसेको थियो ।



