रामेछापमा बस दु’र्घटना नभएको छ । खिम्तीबाट मन्थली आउदै गरेको र काठमाडौंबाट खिम्ती जादै गरेको यात्रुवाहक बस एक आपसमा ठ’क्क’र खा’ए’र दु’र्घटना भएको हो ।काठमाडौंबाट खिम्तीतर्फ जादै गएको बा ४ ख ४३४७ नम्बरको बस र खिम्तीबाट मन्थली आउदै गएको बा ४ ५६२७ नम्बरको बस हल्दे भन्ने स्थानमा आपासमा ठो’कि’एका थिए ।जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले दुई बस आपसमा ठोकिएपनि ठूलो मानविय क्षति हुनबाट जोगिएको जानकारी दिए ।
उनका अनुसार चालकको सावधानीको कारण मानविय क्षति हुनबाट जोगिएको र चालकमाथि थप अनुसन्धान भइरहेको छ ।दुवै बसका चालकमाथि प्रहरीले अहिले अनुसन्धन गरिरहेको छ । दुई वटा बसमा गरेर झण्डै ७० जना यात्रु सवारी रहेको श्रेष्ठले जानकारी दिए ।



