काठमाडौ । जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार पशुपनिनाथ मन्दिर पनि बन्द हुने भएको छ । कोभिड संक्रमण बढ्दै गएका कारण उपत्यकाका तीन सिडिओ कार्यालयले जारी गरेको निर्देशन अनुसार पशुपति क्षेत्र विकास कोषले बुधबारदेखि पशुपतिनाथ मन्दिरमा पूजाआजाका लागि भक्तजनलाई प्रवेशमा रोक लगाएको छ। विश्वव्यापी महामारी ओमिक्रोन बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले मन्दिरमा नित्य पूजा मात्र गर्ने गरी आदेश जारी गरेपछि कोषले पूजामा रोक लगाएको हो।‘ओमिक्रोनको संक्रमण बढ्दै गएको सन्दर्भमा २०७८ माघ ४ गते राति १२ बजेदेखि मन्दिर बन्द हुने भएको हो । कोषका सदस्य सचिव डा मिलनकुमार थापाले अर्को सूचना जारी नभएसम्म मन्दिर बन्द रहने बताए । अब पशुपतिनाथ मन्दिर जाने भक्तजनहरु भित्र प्रवेश पाउने छैनन् ।

उनका अनुसार प्रशासनबाट जारी विज्ञप्तिको बुँदा नम्बर ६ बमोजिम मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरेर नित्य पूजा, ध्यान र प्रार्थना मात्र गराउने भनिएको छ। प्रशासनले माघ मसान्तसम्मका लागि रोक लगाउने जानकारी दिएको छ। डा। थापाले माघ ५ गतेदेखि मसान्तसम्म पाशुपत क्षेत्रका सबै मठमन्दिरमा सम्पूर्ण क्रियाकलाप बन्द गराइएको जानकारी दिए।हाल सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ । प्रदेश १ मा मोरङ,सुनसरी र झापामा ५ सय बढी सक्रिय संक्रमित रहेका छन्। बागमती प्रदेशका ६ जिल्लामा ५ सय बढी सक्रिय संक्रमित छन्।

काठमाडौं, ललितपुर, भक्तरपुर, चितवन, मकवानपुर र काभ्रेपलान्चोकमा ५ सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।यस्तै, गण्डकीको कास्की, लुम्बिनकीको रुपन्देही र सुदूरपश्चिमको कैलालीमा कोभिडका सक्रिय संक्रमितको संख्या ५ सय बढी रहेको छ। ४ जिल्लामा २ सय बढी सक्रिय संक्रमित रहेका छन्। धनुषा,पर्सा, नवलपरासी पूर्व, बाँकै, दाङ र कञ्चनपुरमा २ सय बढी संक्रमित रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah