काठमाडौंबाट प्रकाशित नाम चलेकै एक राष्ट्रिय दैनिक पत्रिकामा काम गर्ने करिब ५० वर्षीय एक वरिष्ठ पत्रकार र काभ्रेकी २२/२३ वर्षीया युवतीको सामाजिक सञ्जालमार्फत एकाएक चिनजान भयो । उनीहरूबीच करिब दुई महिनाअघि सामान्य बोलचाल भयाे र लगत्तै चिना–परिचय पनि भएको थियो। युवती अविवाहित हुन् भने पत्रकारका छोराले समेत विवाह गरिसकेका छन्। सामाजिक सञ्जाल फेसबुकमा सामान्य परिचय गरेका उनीहरू साँझ–साँझ मज्जैले गफिन थाले।

युवतीले विस्तारै आफूलाई ‘पाको’ उमेरको मान्छे मनपर्ने बताउँदै जेष्ठ पत्रकारलाई आफ्नो सुन्दरतामा लोभ्याउन थालिन्। ती जेष्ठ पत्रकार पनि के कम, युवतीतिर ढल्किन थाले। हुँदाहुँदै उनीहरूबीच घण्टाैं कुराकानी हुन थाल्यो।काभ्रेली युवतीसँग जेष्ठ पत्रकार भिडियो कलमा समेत कामै छाडेर बोलिरहे। कुरा एकदिन हो, गफिँदै जाँदा युवतीले शरीरका सबै बस्त्र खोलिन्। त्यो देखेर जेष्ठ पत्रकारले मनै थाम्न सकेनन्। उनी पनि के कम हुन्थे, आफ्ना सबै कपडा खोले।युवती चलाख थिइन्। ती पत्रकारले कपडा खोलिरहेकै बेला उनले अर्को फोनबाट पत्रकारकाे दृश्य कैद गरिन् र उनी एकाएक हराइन्।

अर्को दिन अर्थात् भोलिपल्ट २२ वर्षीया युवतीले ५० वर्षे पत्रकारलाई फोन गरिन्। पत्रकार दंग हुँदै फोन उठाए। युवतीले जब ५० हजार मागिन्, उनको होसै उड्यो। पत्रकार ‘के, कता, किन’ भनेर कुरा टार्दै थिए, युवतीले हिजोको नाङ्गो भिडियो भाइरल गरिदिने भन्दै धम्काएपछि पत्रकार संकटमा परे।लगत्तै पत्रकारले फोन अफ गरे। उनलाई तनाव भयो, अब के गर्ने ? उनले नजिकको एक भजित नाता पर्ने युवकलाई गुहार मागे। युवतीसँगको पछिल्लो बेलीविस्तार सुनाए। भतिजले समस्या समाधान गरिदिने आश्वासन दिएपछि उनी खुशी हुँदै घर फर्के।भतिज नाता पर्ने युवक उनै युवतीसँग सामाजिक सञ्जालमा जोडिए। युवतीसँग नजिकिएका ती युवकले पत्रकारकाे भिडियो समेत प्राप्त गरिछाडे।

त्यसको केही दिनपछि भतिज नाता पर्ने युवकले उल्टै काका पर्ने पत्रकारसंग एक लाख मागे। पत्रकार फेरि संकटमा परे। समाधान होइन भतिजकै कारण उनीमाथि झन् झमेला थपियो।भतिजले भन्न थाले, ‘एक लाख नदिए भिडियो भाइरल गरिदिन्छु।’ पत्रकारलाई झन समस्या पर्यो। उनको केही दिन तनावै-तनावकाबीच बित्यो। धेरै दिनपछि ती पत्रकार एकजना साथीको माध्यमबाट नेपाल प्रहरीको साइबर ब्यूरोसम्म पुगे।निकै हतास मुद्रामा साइबर ब्यूरो पुगेका पत्रकारले ब्यूरोका अधिकारीलाई आफ्नो सबै हर्कत सुनाए। उनको गुनासोपछि ब्यूरोका अधिकारीले तत्काल समस्या समाधानका लागि पहल थाले।

त्यसपछि बल्ल जेष्ठ पत्रकारले लामो सास तान्दै भने, ‘अब आनन्द हुने भयो।’ सामाजिक सञ्जालको सामान्य चिनजानले पछिल्लो समय यस्ता धेरै खालका समस्या आइरहेको ब्यूरोका प्रवक्ता एसएसपी नविन्द्र अर्याल बताउँछन्।‘सामाजिक सञ्जालमा चिनजान भएकै आधारमा यति धेरै नजिकिनु र आफ्नो गोपनियता शेयर गर्नु उपयुक्त हुँदैन,’ प्रवक्ता अर्यालले भने, ‘अहिले धेरैले यसैलाई माध्यम बनाएर ठगी गर्ने गरेको बढेको छ।’‘सुरुका दिनहरूमा यसैगरी भारतबाट युवती प्रयोग गरी ठगी गर्नेहरू हुन्थे। अहिले नेपालभित्रै यस्ता घटना हुने गरेको ब्यूरोका अनुसन्धानबाट देखिएको छ,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah