काठमाडौं । यातायात व्यवसायीहरुले सवारी साधनमा जोर बिजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सुझाव दिएका छन् ।शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवाला निकायहरुसँग सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने सम्बन्धमा छलफल गरेको थियो ।छलफलका क्रममा यातायात व्यवसायीहरुले सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेर कोरोना संक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नहुने बताएका छन् । बरु सवारी साधन कम चलेमा यातायातका साधनमा यात्रुहरुको भीड हुने भन्दै व्यवसायीले जोर बिजोर प्रणालीको विपक्षमा रहेका हुन् ।

यद्यपि सरकारले गरेको निर्णय आफूहरुले मान्ने व्यवसायीको भनाइ छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सवारी साधनमा जोर बिजोर प्रणाली नगर्दा प्रभावकारी हुने सुझाव दिएको बताए । सार्वजनिक सवारीको साटो निजी सवारी साधनलाई रोक्नुपर्ने उनको भनाइ छ ।जोर बिजोर चल्दा सवारी साधन कम चल्ने र यात्रुको भीड बढ्ने उनको भनाइ छ । यो प्रणालीले सवारी साधन जरिवानाको निशानामा पर्ने उनले बताए ।

व्यवसायीले ट्याक्सी र पर्यटकीय बसलाई पनि जोर बिजोर लागू गर्नु नहुने सुझाव दिएको महासचिव सिटौलाले बताए ।स्थानीय प्रशासनले कोरोना संक्रमण रोकथाम गर्ने भन्दै शुक्रबार राति १२ बजेदेखि काठमाडौं उपत्यकामा सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah