बलिउड तथा हलिउड चलचित्रमा आफ्नो बलियो पकड बनाएकी नायिका प्रियंका चोपडा आमा बनेकी छिन् । उनी सरोेगेसीको मद्दतले आमा बनेकी हुन् । सामाजिक संजालबाट योे कुराकोे जानकारी दिदै प्रियंकाले आफूहरुको गोेपनियताकोे ख्याल राखिदिन सबैसँग आग्रह गरेकी छिन् ।उनले लेखेकी छिन्–‘हामीले सरोगेसीकोे माध्यमबाट एक बच्चालाई हाम्रोे जीवनमा स्वागत गरेका छौैं । हामी हाम्रोे परिवारका लागि सबैसँग योे आग्रह गर्न चाहन्छौैं कि यो समयमा हाम्रो गोेपनियताको ध्यानमा राखिदिनुहोला ।’

नायिका चोपडाले सन् २०१८ मा निक जोनससँग बिहे गरेकी थिइन् । केही समय प्रेम सम्बन्धमा रहेपछि चोपडाले गायक जोनससँग उदयपुरमा हिन्दु परम्परा अनुसार बिहे गरेकी थिइन् ।तर, केही समय अगाडि प्रियंका र निकको डिभोर्सको चर्चा समेत चलेको थियोे । प्रियंकाले सामाजिक संजालबाट आफ्नोे नामकोे पछाडि जोडिएको जोनस थर हटाएपछि यस्तोे चर्चा चलेकोे थियो ।यसबाहेक उनीहरूले अरू केही जानकारी दिएका छैनन्। तर विभिन्न सञ्चारमाध्यमहरूले उनीहरूको सन्तान समयअगावै जन्मिएको बताएका छन्। उनीहरूको बच्चा जन्मिनुपर्ने मितिभन्दा १२ साताअघि नै जन्मिएको बताइएको छ।

भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार समयअगावै जन्मिएकाले उनीहरूको बच्चालाई अस्पतालमै राखिएको छ। त्यस्तै उनीहरूको सन्तान छोरी भएको बताइएको छ।‘खबरका अनुसार निक र प्रियंकाकी छोरी १२ साताअघि नै जन्मिएकी हुन्। उनको जन्म साउदर्न क्यालिफोर्निया अस्पतालमा भएको हो र उनी स्वस्थ नहुन्जेल अस्पतालमै रहने छिन्,’ इन्डिया टुडेले लेखेको छ।यसबारे निक र प्रियंकाले भने हालसम्म केही बताएका छैनन्। प्रियंका र निकले लामो समयदेखि बच्चा जन्माउने योजना बनाइरहेको पनि इन्डिया टुडेले जनाएको छ। तर कामको व्यस्तताले उनीहरूले यो योजना धकेल्दै आएका थिए। पछि उनीहरूले एक एजेन्सीमार्फत् सरोगेसीबाट बच्चा जन्माउने निधो गरेका हुन्।

उनीहरूले सरोगेसीका लागि साउदर्न क्यालिफोर्नियाकै एक महिलाको सहयोग लिएको पनि इन्डिया टुडेले लेखेको छ। स्रोतका अनुसार ३९ वर्षीया प्रियंकालाई आफैं बच्चा जन्माउन स्वास्थ्यका कारण कुनै समस्या नभए पनि व्यस्तताका कारण उनले सरोगेसी रोजेकी हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah