विराट कोहली क्रिकेटको कप्तानीबाट हटेको र बोर्ड र उनीबीचको सम्बन्धमाथि प्रतिक्रिया दिँदै पाकिस्तानका पूर्व क्रिकेट खिलाडी शोएब अख्तरले विराट कोहलीमाथि निश्चित रुपमा प्रदर्शनको दबाब भएको बताएका छन् ।विराट कोहली र चयन समितिको निर्णयमाथि आफ्नो प्रतिक्रिया दिँदै पाकिस्तानका पूर्व बलर शोएब अख्तरले उनले १२० सेन्चुरी बनाएपछि मात्रै उनले विवाह गरुन् भन्ने मेरो चाहना थियो ।
उनले थपे, ‘यदि म भारतमा भएको भए र मेरो स्टेटस पनि विराट कोहलीको जस्तै भएको भए म कहिले पनि विवाह गर्ने थिइनँ ।’उनले थपे, ‘म आफ्नो जिम्मेवारीलाई कहिल्यै बढाउने थिइनँ ।’यद्यपि, उनले विवाह गर्नु विराटको आफ्नो नीजि फैसला भएको पनि बताए ।विराट कोहलीले केही दिन अघि टेस्ट टिमको कप्तानी छोड्ने निर्णय गरेका थिए । विराट कोहलीको यो घोषणाको लगभग एक महिना अघि भारतीय क्रिकेट बोर्डले दक्षिण अफ्रिकाविरुद्ध वनडे सिरिज अघि विराट कोहलीलाई वान–डेको कप्तानीबाट हटाएको थियो ।
यसअघि टी–१० विश्व कपपछि उनले टी–२० फर्मेटको कप्तानी छोड्ने निर्णय गरेका थिए । यसैबीच उनको र बार्डबीच गतिरोध र सबैकुरा ठिक नभएको खबर पनि लगातार आइरहन्थे ।



