आदित्य नारायण छिट्टै बुवा बन्ने भएका छन् । आदित्यले आफ्नी श्रीमतीसँगको प्रसूति सुटिङको तस्बिर सेयर गर्दै फ्यानलाई आफ्नो घरमा सानो पाहुनाको आगमनको खुसीको खबर दिएका छन् । यो खुसीको खबर साझा गर्दै आदित्यले लेखेका छन्, ‘श्रेता र म हाम्रो पहिलो सन्तानलाई यस संसारमा छिट्टै स्वागत गर्नेछौँ। सेयर गरिएको यो तस्बिरमा, जहाँ श्वेता क्रप टप र जिन्समा आफ्नो बेबी बम्प फ्ल्यान्ट गरिरहेकी छिन् ।

आदित्य सोफामा आफ्नी श्रीमतीलाई काखमा लिएर बसिरहेका छन्। आदित्य र श्वेता यो खुसीको आनन्द लिइरहेका छन् ।यो खुसीको खबर बाहिर आउनेबित्तिकै उनलाई चारैतिरबाट बधाई आउन थाल्यो । आदित्यलाई श्रेया घोषाल, नेहा कक्कड र अविका गौरलगायत उद्योगका धेरैले बधाई दिएका छन् ।

श्वेता र आदित्यले सन् २०१० मा फिल्म ‘शपित’ मा सँगै काम गरेका थिए । १० वर्ष एकअर्कालाई डेट गरेपछि दुवैले सन् २०२० को डिसेम्बरमा विवाह गरेका थिए । यो विवाहमा दुबैको परिवार र केही नजिकका साथीहरु मात्रै सहभागी थिए । र अब दुबै आफ्नो पहिलो सन्तानलाई स्वागत गर्न लागेका छन्।

https://www.instagram.com/p/CZGclahvlT4/?utm_source=ig_embed&ig_rid=ee6ec7b2-8851-4f80-a523-f6b06e5473f6

मितिभन्दा १२ साताअघि नै जन्मिएकी हुन् प्रियंका र निककी छोरी !

भारतीय अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक तथा अभिनेता निक जोनास आमाबुवा बनेका छन्। शुक्रबार प्रियंकाले आफ्नो इन्स्टाग्राममार्फत् आफूहरूको पहिलो सन्तानको जन्म भएको जानकारी दिएकी हुन्।प्रियंकाले आफूहरूको बच्चा सरोगेसीका माध्यमबाट भएको पनि जानकारी दिएकी छन्। यसबाहेक उनीहरूले अरू केही जानकारी दिएका छैनन्। तर विभिन्न सञ्चारमाध्यमहरूले उनीहरूको सन्तान समयअगावै जन्मिएको बताएका छन्।

उनीहरूको बच्चा जन्मिनुपर्ने मितिभन्दा १२ साताअघि नै जन्मिएको बताइएको छ। भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार समयअगावै जन्मिएकाले उनीहरूको बच्चालाई अस्पतालमै राखिएको छ। त्यस्तै उनीहरूको सन्तान छोरी भएको बताइएको छ।‘खबरका अनुसार निक र प्रियंकाकी छोरी १२ साताअघि नै जन्मिएकी हुन्। उनको जन्म साउदर्न क्यालिफोर्निया अस्पतालमा भएको हो र उनी स्वस्थ नहुन्जेल अस्पतालमै रहने छिन्,’ इन्डिया टुडेले लेखेको छ। यसबारे निक र प्रियंकाले भने हालसम्म केही बताएका छैनन्।

प्रियंका र निकले लामो समयदेखि बच्चा जन्माउने योजना बनाइरहेको पनि इन्डिया टुडेले जनाएको छ। तर कामको व्यस्तताले उनीहरूले यो योजना धकेल्दै आएका थिए। पछि उनीहरूले एक एजेन्सीमार्फत् सरोगेसीबाट बच्चा जन्माउने निधो गरेका हुन्।उनीहरूले सरोगेसीका लागि साउदर्न क्यालिफोर्नियाकै एक महिलाको सहयोग लिएको पनि इन्डिया टुडेले लेखेको छ।स्रोतका अनुसार ३९ वर्षीया प्रियंकालाई आफैं बच्चा जन्माउन स्वास्थ्यका कारण कुनै समस्या नभए पनि व्यस्तताका कारण उनले सरोगेसी रोजेकी हुन्।

निक र प्रियंकाले सन् २०१८ मा बिहे गरेका हुन्। प्रियंका आफ्नो अभिनय करिअर सिलसिलामा अमेरिका पुगेपछि उनीहरूको भेट भएको थियो। उनीहरूको भेट सन् २०१७ को ‘मेट गाला’ मा भएको थियो।यसलगत्तै सन् २०१८ अगस्टमा उनीहरूको इंगेजमेन्ट भएको थियो भने त्यही साल डिसेम्बरमा उनीहरूले क्रिस्चियन र पन्जाबी परम्परा अनुसार बिहे गरेका थिए।प्रियंका हालै हलिउड फिल्म ‘द म्याट्रिक्स रिसरेक्सन्स’ मा सतीको भूमिकामा देखिएकी थिइन्।

फिल्ममा उनको भूमिका छोटो भए पनि महत्वपूर्ण थियो। उनी आफ्ना श्रीमान तथा देवरहरूको समूह ‘जोनास ब्रदर्स’ का गीतका भिडिओहरूमा पनि खेलिरहेकी छन्।प्रियंका अब अमेजनको सिरिज ‘सिटाडेल’, हलिउड फिल्म ‘टेक्स्ट फर यु’ का साथै बलिउड फिल्म ‘जी ले जरा’ मा देखिँदैछिन्।
सन् २००० की मिस वर्ल्ड रहेकी प्रियंकाले गायक पनि हुन्। यसका साथै उनले ‘अनफिनिस्ड’ नामक किताब पनि लेखेकी छन् जुन न्युयोर्क टाइम्सको उत्कृष्ट बिक्री हुने सूचीमा पनि परेको थियो।

भारतको बिहारमा जन्मेकी प्रियंका बलिउडमा आफ्नो अभिनयले बलियो छाप छाड्न सफल अभिनेत्री हुन्।अब्बास मस्तानको फिल्म ‘हमराज’ बाट बलिउड प्रवेश गरे पनि उक्त फिल्म रिलिज हुन समय लाग्यो। उनलाई दर्शकले पहिलोपटक अभिनेत्रीका रूपमा सन्नी देवल र प्रिती जिन्टासँगै ‘हिरोः द लभ स्टोरी अफ स्पाइ’ मा देखेका हुन्।

उनी अभिनित पहिलो फिल्म एकदमै सफल रह्यो। सन् २००३ को उक्त फिल्म वर्षकै सबभन्दा धेरै कमाउनेमध्ये थियो। यसपछि उनले पछाडि फर्केर हेर्नुपर्ने अवस्था आएन। अक्षय कुमारसँगको फिल्म ‘अन्दाज’ ले उनलाई बलिउडमा स्थापित गरायो।‘फेसन’, ‘सात खुन माफ’, ‘बर्फी’, ‘डन’, ‘कमिने’, ‘दोस्ताना’, ‘अन्जाना अन्जानी’, ‘अग्निपथ’, ‘मेरी कोम’, ‘बाजिराओ मस्तानी’, ‘क्रिस’, ‘गुन्डे’ लगायत फिल्ममा उनले निर्वाह गरेका फरकफरक भूमिकालाई दर्शक र समीक्षक दुवैले मनपराएका छन्।

यी फिल्मबाट उनले थुप्रै अवार्ड पनि हात पारिन्। प्रियंकाको हलिउड प्रवेश सन् २०१५ मा रिलिज भएको सिरिज ‘क्वान्टिको’ बाट भएको थियो। उनको पहिलो हलिउड फिल्म भने सन् २०१७ मा रिलिज भएको ‘बेवाच’ हो। पछिल्लो समय उनी फिल्म निर्माणमा पनि सक्रिय छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah