इन्डानेसियाका एक बालकलाई आफ्नो तौलका कारण बस्न हिड्न समस्या भएको छ । उनी प्रायः सधै सुतिरहने मात्र गर्दछन् । खानका लागि मात्र उठ्ने गर्दछन् ।

अधिक मात्रामा बढेको मोटाईका कारण उनी हालसम्म पनि स्कुल जान सकिरहेका छैनन । ति बालकको नाम आर्य परमाना रहेको छ ।

आर्य भर्खर जम्मा दस बर्षका भए तर उनको तौल १९२ किलो रहेको छ । उनी र उनका परिवार उनको यो अत्याधिक तौलका कारण चिन्तित भएका छन् ।

आर्यको तौल यति बढी भएको थियो कि उनी दुई कदम पनि चल्न सक्दैनथे । त्यसकारण उनले स्कुल पनि छोडे । मोटाइका कारण उनलाई हरेक समय थकान मात्र महसुस हुन्थ्यो ।

उनको काम केबल खाने र बस्ने मात्र हुन्थ्यो । आर्यको धेरै खाने बानीले मोटाई झन् बढ्दै गयो र उसलाई हेर्नका लागि मानिसहरु उसको घरमा आउने गर्दथे । ऊ सबैका लागि अनौठो पात्र बनेको थियो ।

आफ्नो छोराको मोटोपनलाई देखेर उसका आमा बाबुले उसलाई क्र्यास डाइट गराएका थिए । उसको अधिक तौलका कारण उसका आमा बाबु आर्यलाई केबल ब्राउन राइस मात्र खुवाउथे ।

यसबाट पनि केही नलागेपछि उनीहरुले आर्यको बेरिएटिक सर्जरी गराएका थिए । यो सर्जरी गरेपछि आर्यलाई तौल घटाउनमा केही मद्दत मिलेको थियो ।

हाल आर्यको तौल पहिलाको भन्दा २० किलो कम भएको छ । अब यसरी तौल घट्दै गए छिट्टै आर्य पनि अरु बच्चा जसरी नै स्कुल जाने सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah