एजेन्सी ।बलिउडका डिस्को किंग बप्पी लाहिरीको आज अन्तिम बिदाई भईरहेको छ । १६ फेब्रुअरीमा बप्पी लाहिरीले अन्तिम सास फेरेर यस संसारलाई सदाको लागि बिदा दिए । बप्पी लाहिरीको निधनको खबर आएपछि संगीत क्षेत्र शोकमा डुबेको छ । बलिउडदेखि संगीत जगतका कलाकारहरुले बप्पी दालाई श्रद्धाञ्जली अर्पण गरेका छन् । बप्पी लाहिरीको आजै दा’हसंस्कार गरिने भएको छ ।

बप्पी लाहिरीको अन्तिम सं’स्कार पवन हंस श’वदाह गृहमा गरिने छ । बप्पीले दा’हसंस्कारका लागि दाको पार्थिव शरीरलाई घरबाट श’वदाह गृहमा लगेका छन् । यस्तो अवस्थामा उनको अन्तिम यात्राको अन्तिम तस्वीर पनि बाहिर आएको छ । आफ्नो अन्तिम यात्रामा पनि बप्पी दाले आँखामा कालो चस्मा लगाएका छन् ।बप्पी लाहिरीको बिदाइले उनकी छोरी रीमा लाहिरी स्तब्ध छिन् । योसँगै परिवारमा दुःखको पहाड छाएको छ ।

रीमा आफ्नो बुवाको अन्तिम भेटमा रुँदै रोएको देख्न सकिन्छ। बप्पी लाहिरीको अन्तिम सं’स्कारका लागि उनका छोरा बप्पा लाहिरी अमेरिकाबाट मुम्बई फर्किएका छन् । उनका छोराहरू लामो समयदेखि बप्पीदाबाट टाढा थिए । तर बाप्पा बुवालाई अन्तिम बिदाइ दिन मुम्बईको जुहुस्थित उनको घर पुगेका छन् । उनी १६ फेब्रुअरीदेखि पर्खिरहेका थिए ।

महिनौंदेखि बप्पी बोल्न सकेनन्, बप्पी लाहिरी लामो समयदेखि अब्सट्रक्टिभ स्लीप एपनिया (ओएसए) र रिकरेन्ट चेस्ट इन्फेक्सनसँग लडिरहेका थिए । गायक कैलाश खेरले आजतकसँगको कुराकानीमा बप्पी लाहिरी केही महिनादेखि बोल्नसमेत नसकेको बताएका थिए । बिरामी भएपछि बप्पी दा २९ दिनसम्म मुम्बईको क्रिटिकेयर अस्पतालमा भर्ना भएका थिए ।

निको भएपछि उनलाई १५ फेब्रुअरीमा अस्पतालबाट डिस्चार्ज गरिएको थियो । तर डिस्चार्ज भएको २४ घण्टामै उनको स्वास्थ्य फेरि बिग्रियो । त्यसपछि फेरि गम्भीर अवस्थामा उनलाई क्रिटिकेयर अस्पताल लगिएको थियो । बप्पी दाले अस्पतालमै छोरी रीमा लाहिरीको काखमा अन्तिम सास लिए ।लिउडमा आफ्नो ५० वर्ष लामो करिअरमा ६५० भन्दा बढी फिल्म तथा सयौं गीति एल्बममा संगीत दिइसकेका बप्पी लहिरी यस्ता गायक थिए, जसले आफ्नो रुपरंगको ‘कपिराइट’ गराएका थिए ।

हुनपनि उनको हुलिया निकै पृथक र विचित्रको हुनेगथ्र्यो । उनको त्यही हुलियालाई दुरुस्तै उतारेर बलिउडका केही कलाकारले कमेडी प्रस्तुत गर्न थाले । । त्यस प्रकारको नक्कल तथा कमेडी बप्पी लहिरीलाई भने मन परेको थिएन । अन्ततः बाध्य भएर उनले आफ्नो लुकमै कपिराइट लगाइदिएका थिए । यसरी कपिराइट नै गरेपछि उनको जस्तो रुप धारण गरेर नक्कल वा क्यारिकेचर गर्न नपाउने भए ।

आफ्नो हुलिया कपिराइटपछि उनले भनेका थिए, ‘हाम्रो फिल्मकर्मीहरु निकै तेज छन् । उनीहरु कुनै पनि कलाकारलाई मेरो जस्तै कपडा, सुनको ब्रासलेट र सिक्री लगाइदिएर कमेडी गराइरहेका थिए । मलाई भने त्यो दृश्यले मेरै अपमान भइरहेको अनुभव गरायो । अब भने त्यस्तो कसैले पनि गर्न पाउने छैन ।’
त्यसबखत उनले हातमा सुनको ब्रासलेट, घाँटीमा सुनको सिक्री लगाउनासाथ कोही पनि बप्पी लहिरी बन्न नसक्ने भन्दै त्यसका लागि आफूले ठूलो त्याग गरेको बताएका थिए । उनले भनेका थिए, ‘हरेक व्यक्तिले के सोच्छन् भने हातमा सुनको ब्रासलेट, घाँटीमा सुनको सिक्री लगाउने बित्तिकै बप्पी लहिरी बन्न सकिन्छ । तर यसरी कुनै पनि व्यक्ति बप्पी लहिरी कसरी बन्न सक्छ ? बप्पी लहिरी बन्नका लागि धेरै नै तपस्या गर्नु परेको छ ।’

आफ्नो पृथक गेटअप्रति उनी गर्व गर्थे र उक्त शैली विश्वभर नै लोकप्रिय भएको दाबी गर्थे । एक प्रसंगमा उनले भनेका छन्, ‘जहाँ जहाँ एशियनहरु बसोबास गर्छन्, उनीहरुलाई थाहा छ त्यस प्रकारको पहिरन बप्पी लहिरीले मात्र लगाउँछ । एकपटक म जाडो मौसममा न्युयोर्क गएको थिएँ, त्यहाँ निकै चिसो थियो, त्यसैले मैले चिसोबाट बच्नका लागि बाहिरबाट तातो पहिरन लगाएको थिएँ । उक्त पहिरनले मेरा सुनका गहनाहरु बाहिरबाट छोपिए । एक जना व्यक्ति आएर मलाई सोधे– बप्पीजी, तपाईंको सुनको सिक्री खै ? पूरै भारतमा यस्तो कुनै गायक छैन, जसले म जस्तै गरी सुन लगाएर हिँड्छ ।’

बप्पीलाई सानो छँदा आमाले सुनको सिक्री उपहार दिएकी थिइन् । त्यसपछि उनकी श्रीमतीले गणेशको प्रतिमासहितको सिक्री बनाइदिइन् । त्यही दिनदेखि आफूले सुनलाई भाग्यशाली ठानेको बप्पीले बताउने गरेका छन् । आफूलाई गोल्ड म्यान भनी चिनाउने गर्थे । सुन लगाउन थालेदेखि नै आफूले संगीत क्षेत्रमा सफलता हासिल गरेको बताउँथे ।साथै आफू हिन्दू कुलमा जन्मिएपनि सबै धर्मप्रति उत्तिकै सम्मान र आस्था रहेको बताउँथे । बप्पी भन्थे, ‘यदि तपाईंले ध्यान दिएर मेरो सिक्रीमा हेर्नुभयो भने त्यसमा तपाईंले गणेशजी देख्नु हुनेछ ।

त्यसलाई पल्टाउनुभयो भने अल्लाह देखिनेछन् । यदि तपाईंले मेरो दोस्रो सिक्री हेर्नुभयो त्यसमा कृष्णलाई देख्नु हुनेछ, त्यही सिक्रीलाई पल्टाउनुभयो भने जिसस पनि देखिनेछन् । म त हरेक धर्मलाई इज्जत गर्छु । यिनीहरुलाई म ईश्वरको आशीर्वाद सम्झेर घाँटीमा झु’ण्ड्याएर हिंड्छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah