एक टिकटक स्टारले सबैभन्दा ठूलो मुख भएकी महिलाको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम लेखाएकी छिन्। १.७ मिलियन फलोअर भएकी ३१ वर्षकी टिकटक स्टार समंथा राम्सडेल अमेरिकाका कनेक्टिकटकी हुन्।उनले यसअघि पनि ठूलो मुख खोल्न सकेका कारण भाइरल भएकी थिइन् । उनले २.५६ इन्च मुख खोल्न सकेर गिनिज बुकमा नाम लेखाएकी हुन् । द सनका अनुसार समंथा मेडिकल बजार प्रतिनिधि हुन्।

डा. एल्क चेयुंगले उनको मुखको नाप लिएकी थिइन् । गिनिज बुक अफ वर्ल्ड रेर्कड्सका एक जना अधिकारीले उनको आँ‘. गराएको मुखको मापन गरे । त्यसक्रममा उनको मुख २.५६ इन्च पाइयो । पहिले आफ्नो ठूलो मुखका कारण मानिसहरुले आफ्नो मजाक उडाउने गरेकोमा अहिले गिनिज बुकमा नाम लेखाएपछि ठूलो मुख नै आफ्नो लागि खूशीको विषय भएको सामन्था बताउँछिन्।आइज्यैक जोन्सनको मुख भने ४ इन्च ठूलो छ ।

सामन्थाले भनिन् कि यो मुख हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो र यसमाथि हामीलाई गर्व छ । यो हाम्रो महाशक्ति नै हो । त्यस्तो चिज हो जसले हामीलाई विशेष बनाउँछ र सामान्य मानिसहरुभन्दा अलग बनाइदिएको छ ।

थप समाचार :चुम्बन, मुस्कान र स्वस्थ श्वास । तपाईंलाई सबैभन्दा बढी कुन मन पर्छ ? तपाईंको रोजाइमा अवश्य पनि ताजा सास नै होला । यति हुँदाहँुदै पनि अधिकांश मा श्वाससम्बन्धी समस्या पाइन्छ । दुर्गन्धित सास ले तपाईं लाई मात्र होइन, तपार्इं वरपर बस्ने लाई पनि असर गरेको हुन्छ ।श्वास दुर्गन्धित हुने कारण तपाईंको मुखभित्र ब्याक्टेरिया भएमा पनि श्वास गन्हाउँछ ।

ससाना ब्याक्टेरिया तपार्इंका दाँत र जिब्रोमुनि लुकेका हुन सक्छन् । यी ब्याक्टेरिया मुखभित्र रहेर अन्य ब्याक्टेरिया उत्पादन गर्नुका साथै निरन्तर दुर्गन्ध छाडेका हुन्छन्, जसका कारण हाम्रो मुख नराम्ररी गन्हाउँछ । तपाईंको टन्सिल फराकिलो र वरपर ससाना छिद्र छन् भने पनि सास गन्हाउँछ । बिहान–बेलुका खाएका खानेकुरा र चिल्लो पदार्थ यस्ता टन्सिल वरपरको छिद्रामा जम्मा हुँदा दुर्गन्ध आउँछ ।

तीक्ष्ण खाना जस्तै : प्याज, लसुन, चाउ चाउको धुलो, सुप र माछाका परिकार खाँदा मुख पनि गन्हाउँछ । तसर्थ यी खानेकुरा खाए पछि तत्कालै दाँत सफा गर्नुपर्छ । मानिसहरुका केही खराब बानी जस्तै ल् चुरोट पिउदा, सूर्ती चपाउँदा पनि श्वास गन्हाउछ । कतिपय अवस्थामा आन्द्रा वा पेटमा समस्या हँुदा पनि मुख गन्हाउँछ । पेटको अल्सर भएमा यस्तो समस्या आउँछ । त्यस्तै, कार्बोहाइड्रेड न्यून भएका भोजन खाँदा पनि श्वास गन्हाउँछ । यस्ता खाना ले केटोन नामक दुर्गन्ध फाल्ने भएकाले श्वास गन्हाउँछ ।

केही टिप्स श्वास गन्हाउने समस्या भएमा दिनमा दुई पटकसम्म दाँत माझ्नुहोस् । विहान उठ्नेबित्तिकै र बेलुकी खाना खाएपछि दाँत ब्रस गर्दा यो समस्याबाट मुक्ति पाउन सकिन्छ । दाँत माझ्दा जिब्रोलाई पनि राम्रोसँग घोट्नुहोस् । ब्रसले घोट्दा जिब्रोमा अल्झिएका व्याक्टेरिया बाहिर आई केही हदसम्म दुर्गन्धबाट मुक्ति पाउनुहुनेछ । विशेष गरी जिब्रोको टुप्पो र टन्सिल रहेको ठाँउमा यस्ता व्याक्टेरिया रहेका हुन्छन् । एक अध्ययनअनुसार जिब्रोलाई ब्रसले घोट्दा मात्रै मुखको दुर्गन्ध ७० प्रतिशतले घट्छ ।

ताजा श्वासका लागि दैनिक फ्ल्स लिनुहोस । नियमित फ्ल्स लिँदा दाँतभित्र अड्किएका र मुखमा टाँसिएका तथा लुकेका खाद्यान्न र कतिपय अवस्थामा व्याक्टेरिया समेत मुखबाहिर फाल्न सहयोग पुग्छ । मुखमा फ्ल्स लिदा मुखसँग सम्बन्धित अन्य रोगबाट पनि बच्न सकिन्छ ।

सकभर नुनिलो टुथपेस्ट प्रयोग गर्नुहोस् । यस्ता टुथपेस्ट दाँत लाई बचाउने मात्र होइन, मुखको दुर्गन्ध पनि हटाउन सहयोगी सिद्ध भएका छन् । विशेष गरी ब्रसमा एक चिम्टी नुन राखेर जिब्रो घोट्दा तपाई यस समस्याबाट छिट्टै मुक्ति पाउनुहुन्छ । पर्याप्त पानी पिउनुहोस् । मुख सुख्खा भयो भने पनि श्वास गन्हाउँछ । बिहान उठ्नेबित्तिकै ताजा र चिसो पानी पिउनुहोस् । समय समयमा थोरै थोरै पानी पिउँदा यो समस्याबाट मुक्त मिल्छ ।

पर्याप्त दही खानुहोस् । दहीले नराम्रो व्याक्टेरिया मारिदिने भएकाले खाना खाइसकेपछि नियमित दही खाँदा पनि श्वासको दुर्गन्धबाट मुक्ति मिल्छ । श्वासलाई स्वच्छ बनाउन चुइगम, सुकमेललगायतका चिज पनि चवाउन सकिन्छ । त्यस्तै हर्बल टी र दालचिनीको सेवनले पनि केही हदसम्म मुक्त पाउन सकिन्छ । ताजा स्वच्छ फलफूल स्याउ, केरा, सुन्तला, गाँजर र काँक्रो खानुहोस् । कतिपय अवस्थामा दाँतको कारण मुख गन्हाउने भएकाले कम्तीमा छ महिनाको एकपटक दन्त चिकित्सककहाँ जानुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah