विश्वमा फेसनको क्रेज बढेसँगै मानिसहरु आफ्नो अनुहार सुन्दर बनाउनका लागि भ्याएसम्मका सबै ब्यूटी टिप्सहरु अपनाउने गर्दछन् । खास गरेर महिलाहरु सुन्दरताको मामलामा बढी सचेत र जिज्ञासु हुने गर्दछन् । अरु भन्दा बढी सुन्दर र आकर्षक देखिनु आजकलका केटीहरुको पहिलो प्राथमिकताको विषय हुने गर्दछ ।
यस्तै भेनेजुयला एउटा यस्तो देश हो जहाँ महिलाहरुलाई सुन्दर बनाउनका लागि उनीहरुलाई धेरै नै पीडा दिने गरिन्छ । यहाँका मानिसहरु आफ्ना छोरीलाई ४ बर्षको उमेरबाट नै फेशन स्कुलमा पठाउने गर्दछन् । ताकि उनीहरूले पछिसम्म पनि यहि पेशालार्इ नै निरन्तरता दिउन् ।
खासगरेर गरिब परिवारका मानिसहरुको सोचाई रहेको छ कि, यदि उनीहरुका छोरी ब्यूटी क्वीन बनिन् भने उसको पुरै परिवारको जिन्दगी नै बदलिने गर्दछ । उनीहरुको आर्थिक समस्याको समाधान सहजै हुने गर्दछ । आफ्नो परिवारको आर्थिक समस्या समाधानका लागि उनीहरुले आफ्ना छोरीको सहारा लिइरहेका हुन्छन् । फेसन इन्डष्ट्रिका मानिसहरु पनि उनीहरुलाई फेसन क्षेत्रमा ल्याउनका लागि कयाैँ प्रकारका अफर पनि दिने गर्दछन् ।
सानै उमेरबाट नै छोरीहरुलाई चाहे उनीहरुको इच्छाअनुसार होस् वा इच्छा विपरीत तर फेसन नै उनीहरुको परिवारको पहिलो रोजाई हुने गर्दछ । यसका लागि आफ्ना छोरीहरुलाई जे जस्तो कष्ट सहनका लागि पनि उनीहरुका परिवारले बाध्य पार्ने गर्दछन् ।
अनुहारको सुन्दरताका लागि मेकओभर गराउने देखि कस्मेटिक सर्जरीसम्मका काम गरिन्छन् भने उनीहरुको पेटलाई सानो र स्लिम देखाउनका लागि पेटको आँत(खाने आन्द्रा) नै काटिदिने गरिन्छ । ताकि उनीहरुलाई भोक नलागोस् र खाना पनि कम खाओस् । जसले गर्दा उसको पेट सधै स्लिम रहिरहोस् । फेसनमा सुन्दर अनुहार र स्लिम बडी अनिवार्यजस्तै हुने गर्दछ ।



