काठमाडौ । गायक तथा कलाकार जयनन्द लामाको निधनले अहिले नेपाली फिल्म क्षेत्र शो’कमा डुवेको छ । उनको असामयिक निधनको खबरले सबै स्तब्ध भएका छन् । बुधवार आफ्नै घर अगाडी कार नजिक उनी मृ त अवस्थामा फेला परेकी छन् । लामाको श’व अन्तिम श्रद्धाञ्जलीका लागि नाचघर जमलमा राखिएको छ ।श’वमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन्।

मन्त्री आले लामाको श’वमा अन्तिम श्रद्धाञ्जली ब्यक्त गर्नका लागि राष्ट्रिय नाचघर जमलमा पुगेका थिए । उनले राष्ट्रिय झण्डा ओढाएका छन् ।कलाकार लामाप्रति श्रद्धाञ्जली अर्पणका लागि कलाकार तथा सर्वसाधारण राष्ट्रिय नाचघरमा पुगेका थिए। लामाको श’वलाई २ बजे स्वयम्भुमा बौद्ध परम्परा अनुसार अन्त्यष्टी गरिने कार्यक्रम रहेको छ।

यसअघि बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालगायतले गायक लामाको निधनप्रति दुस्ख व्यक्त गरेका थिए। भक्तपुरको मध्यपुरथिमी नगरपालिका(१ लोकन्थलीको सचेत मार्गस्थित आफ्नै घर अगाडि कलाकार लामा बुधबार बिहान मृ’त फेला परेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय