काठमाडौं। अभिनेता पल शाहले आफूलाई षड्यन्त्र गरेर फसाउने खाेजेकाे बताउँदै बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् आफूलाई षड्यन्त्र गर्ने व्यक्तिहरूकाे नाम सार्वजनिक गरेका छन्। उनले सार्वजनिक गरेकाे सूचीको पहिलो नम्बरमा दुर्गेश थापा रहेका छन् भने त्यसपछि सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईं रहेका छन् । उनले दुर्गेशलाई साथी, सरोजलाई ठूल्दाई, कृष्णलाई भाइ भनेका छन्।

उनले समीक्षा अधिकारीसँगकाे घटनामा आफू दाेषी नरहेकाे दाबी गर्दै बरू साथी र आफन्त मिलेर षड्यन्त्रमुलक किसिमले फसाउन खाेजिएकाे बताएका छन्। केही दिनअघि मिडियामा प्रसारित अडियाे क्लिप गायिका समीक्षा अधिकारीद्वारा नियाेजित र षड्यन्त्रपूर्वक प्रसारण गरेको उनले बताएका छन्।

‘उक्त अडियो क्लिपमा भनिएअनुसार– पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि ज’व’र्ज’स्ती गर्न खोज्यो, हाम्रो सम्बन्ध २ वर्ष अगाडिदेखि भएको अनि १ वर्षपछि मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो, सथै घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो, लगायत विभिन्न सुन्न नसकिने कुराहरू भनिएकाे छ त्याे सबै गलत हाे,’ उनले फेसबुकमा लेखेका छन्,‘यसको प्रमाण म दिन गइरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला।’

पलविरूद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा एक नावालिग गायिकाले आफ्ना बाबुमार्फत् आफूमाथि ज’बर्ज’स्ती क’र णी गरेकाे भन्दै बुधबार उजुरी दिएकी छिन्।

२ वर्षयता अभिनेता पल शाह र मोडल दुर्गेश थापाको सम्बन्ध एकदमै निकट देखियो । पलले दुर्गेशकै ‘आलुजस्तो गायक’, ‘बीच्च बीच्चमा ५’, ‘बहिष्कार’ लगायतका गीतको भिडियोमा अभिनय गरे ।

‘हे माया’, ‘भिटामिन यू’, ‘तामा पित्तल’ जस्ता यी दुईको सहकार्य रहेका एकपछि अर्को म्युजिक भिडियो समेत सार्वजनिक भए । कतिपय ठाउँमा राहत सामग्री समेत लिएर यी दुई सँगै पुगेका थिए । कार्यक्रममा समेत सँगै पुग्ने गरेका यी दुईले अन्तर्वार्तामा एकअर्काको खुलेर प्रशंसा गर्दथे । सांगीतिक बजारमा यी दुईको मित्रताको निकै चर्चा हुने गरेको थियो ।

तर पछिल्लो समय पल र दुर्गेशको सहकार्य भएका म्युजिक भिडियोहरु दर्शकले हेर्न पाएका छैनन् । यता कार्यक्रमदेखि अन्तर्वार्तामा समेत यी दुई सँगै नदेखिएको धेरै भएको छ ।

नाबालिगमाथि यौ’ ‘न शो’ष’ण गरेको जाहेरी परेपछि पल शाहलाई यतिबेला प्रहरीले खोजी गरिरहेको छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ज’बर’ज’स्ती क र णीको उजुरी परेको छ । प्रहरीले खोजिरहेका शाहले सामाजिक सञ्जालमार्फत आफ्नो बचाउ गर्ने प्रयास गरेका छन् ।

उजुरीपछि प्रहरीले पक्राउ गर्नुपूर्व नै नायक पल शाहले आफूमाथि षड्यन्त्र भएको भन्दै केहीकाे नाम सार्वजनिक गरे।

पलले सार्वजनिक गरेकाे नाममा उनकै साथी भनेर चिनिएका गायक दुर्गेश थापा, म्यानेजर कृष्णप्रसाद जोशी, गायक तथा भिडियो निर्माता सरोज ओली र गायक सम्राट चौलागाई रहेका छन्।

पलले लेखेका छन् उनले लेखेका छन्, ‘ म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जाँदैछु। सायद अहिले सम्म मलाई हजुरहरू सबैले आफ्नो मन देखी निकाली सक्नु भएको होला र गा’ली ग’लौ’च पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईंहरू सामु म माथि गरिएको षडयन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।

केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा ममाथि सुन्न नसकिने खालको कुराहरू गर्नुभयो र जुन आरोप म माथि लगाइएको छ ती सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथि प्र’हा’र गरिएको छ ।

यो संगै पलले नाम उल्लेख गरेपछि दुर्गेशले पनि जवाफ फर्काएका छन् ‘नाबालिकाले नै पटक-पटक ऊसँग सम्बन्ध राखेको भनिसकेपछि उसले हाम्रो नाम लिएर हुन्छ?’

पलले गल्ति गरेपछि हामीलाइ दोष दिएर केहि हुदैन उनले बताएका छन् । पलले सार्वजनिक गरेको अडियोको बिषयमा पनि बोल्दै दुर्गेशले भनेका छन्, एकजना नाबालिग ऊबाट पीडित भएकी छन् । ती नाबालिगलाई न्याय दिलाउन हामीले सहयोग गरेका हौँ । ती नाबालिगले न्याय पाउनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ ।

योभन्दा अगाडि सार्वजनिक भएको अडियोका बारेमा उनले थपे, ‘ऊ आफै केटीदेखि भागेको भागेई थियो, फोन नउठाउने भएपछि हामीले उनीहरु २ जनालाई कुरा गर्न राखेका हौँ, कुरा नबिग्रियोस भनेर।’

तपाईंहरु कुरा मिलाउन खोज्नुभएको हो भनेर सोध्दा दुर्गेशले जवाफ दिए, ‘समझदारीमा केही गर्न सकिन्छ कि भनेर हो, तर ऊ हामीबाट पनि टाढा भयो। केटीबाट पनि टाढा भयो। त्यसपछि यस्तो भएको हो। कृष्ण जोशीलाई पहिला म्यानेजरबाट निकालिएको थियो। पछि यो काण्ड आएपछि उसले मिलाउँछ कि भनेर फेरि राखिएको हो। पलले हामीलाई दोष लगाइदियो।’

दुर्गेशका अनुसार पीडित किशोरी पलप्रति असाध्यै क्रेजी थिइन्। धेरै सम्झाउँदा पनि किशोरीले विवाह गर्ने भन्दा अरु कुरा मान्य नहुने बताएकी थिइन्।

‘मायालाई केहीले किन्न सक्नुहुन्छ तपाईले, अहिले आएर षड्यन्त्र भन्न मिल्छ?’, उनले प्रश्न गरे, ‘हामीले छलफल गरेको घटना घटिसकेपछिको कुरा हो। अडियोमा त हामीले बोलेको हो, के के बोलेको पनि छ। भोलि ठूलो टेन्सन नहोस् भनेर नै हामीले कुरा गरेका थियौँ। हामीले पहिला पनि मिलाएका नै थियौँ। दुई वर्षपछि विवाह गर्ने समझदारी थियो।’

यसबारे हामी दुर्गेशले भने विस्तृतमा पत्रकार सम्मेलन गरेर जानकारी दिनेछौँ ।’

तर अडियोमा दुर्गेशले समिक्षालाइ सिकाउदै मिस रोकिएको सम्म भन्न लगाएका छन् । समिक्षाको आवाज अडियोमा सुन्न सकिन्छ ”पल जी म मिन्स भएको छैन, भनेर भनुम?” पे’ट पनि दुखेको छ भनेर म्यासेज लेख्छु तर फोन चाही उठाउदीन भन्दै उनीहरुले गरेको अडियो कुराकानी पलले नै बाहिर सार्वजनिक गरेका छन् : जुन अडियो यहाँ तल राखेका छौ सुन्नुहोला :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah