मेष–यो सातामा भाग्यले विभिन्न अवसर जुराउनेछ । अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्नेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । नयाँ काम वा रोजगार पाइनेछ आफन्तले तपाईँका विचारलाई समर्थन गर्नेछन् । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग नीलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

वृष–साताको सुरुका दिनमा शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । स्वास्थ्य प्रतिकूल रहन सक्छ अतः स्वस्थ प्रति सचेत रहनु होला । साताको मध्यबाट रमणीय र सुखद् यात्राको योग छ । वैदेशिक कार्यमा सफलता मिल्नेछ । सांस्कृतिक कृत्यमा रुचि बढ्नेछ । आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको स्मरण गर्नाले सफलता मिल्नेछ ।

मिथुन–यो साता धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेमी वा प्रेमिकाबाट सुख मिल्नेछ । पर्यटकीय भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । साताको उत्तरार्धबाट व्यापार व्यवसायमा बाधा आउला । घर व्यवहारको समस्याले सताउनेछ । यो साताका लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग गुलाबी वा पहेँलो हो । शुभकर्म गर्नु पूर्व भगवतीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कर्कट–यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन् । नसोचेको ठाउँबाट धनागम हुनेछ । कला प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । हाँसखेल र मनोरञ्जनपूर्ण समय पनि रहेको छ । दैनिक कार्यमा प्रगति समेत हुनेछ । स्वास्थ्य क्षेत्र भने निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग निलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्य बाट अधिक सफलता मिल्नेछ ।

सिंह–यो साता आफूसँग भएको क्षमता प्रदर्शन गरेर अवसर पछि सफलता मिल्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । आफन्तको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । साताको अन्त्यमा काममा अवरोध सृजना हुनसक्ने सम्भावना रहेकोले सङ्घर्षको सामना गर्नुपर्ने छ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग ध्वाँसे वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको ध्यान गरी कार्य गर्नाले सफलता मिल्नेछ ।

कन्या–यो साता किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने वा हराउने सम्भावना छ । आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि मिल्ने छैन । मङ्गलवारबाट मनमा शान्ति छाउनेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

तुला–यो साता काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । साताको अन्त्यमा अपेक्षित काममा सोचेभन्दा बढी मेहनत गरेर थोरैमात्रै सफलता प्राप्त गर्न सकिएला । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग पहेँलो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरी आरम्भ गर्दा लाभ मिल्नेछ ।

वृश्चिक–यो साता वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । नयाँ काम र शुभ समाचार सुन्न पाइएला । रोकिएका अधुरा काम पुनः सुरु हुन सक्छ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । आफन्तसँग भेटघाट पनि रहनेछ । मध्य सातामा मनमा निराशा र शरीरमा आलस्य आउन सक्छ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग निलो वा ध्वाँसे हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको दर्शन गरी कार्य आरम्भ गर्दा सफलता मिल्नेछ ।

धनु–यो साता विद्या र बुद्धिको विकास हुनेछ । कसैले लगेको धन फिर्ता गर्न आउनेछन् । धार्मिक तथा महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । छोटो दुरीको लाभदायक यात्रा रहला । सन्तान सुख पनि मिल्न सक्छ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

मकर–साताको सुरुका दिनमा समय खराब रहेकाले टाढाको यात्रा गर्नु ठीक छैन । पुराना मित्रले व्यर्थको विवाद र कुरा काट्नेछन् । मध्य साताबाट सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । धार्मिक यात्राको योग रहेको छ । यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग पहेँलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कुम्भ–यो साता घरमा अतिथिको आगमन हुनेछ । तपाईंको लगनशीलतालाई भित्रभित्रै मन पराइएको अवस्था हुन्छ । शेयर बजारले पनि राम्रै साथ दिनसक्छ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । अचल सम्पत्ति हातपर्नुका साथै लाभदायक यात्रा हुनेछ । यो साताका लागि शुभ अङ्क १,२ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मिन–यो साता मानसिक शान्ति तथा आरामपूर्वक सोचेका, शुरु गरेका काम सम्पन्न हुनेछन् । तर बोली वचनमा भने संयम राख्नुपर्ने देखिन्छ । लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । प्रेममा मधुरता छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग सुन्तला वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
-ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah