लसएञ्जल्स । ‘लूज यू टू लव मी’, ‘स्लो डाउन’, ‘बेड लायर’ जस्ता सुपरहिट गीतकी गायिका सेलेना गोमेजले हालै आफ्नो नयाँ डकुमेन्ट्री ‘माई माइण्ड एण्ड मी’ मा आफ्नो जिन्दगीसँग जोडिएका कैयौं कुराको खुलासा गरिन् । कम उमेरमा हलिउडमा सफलता पारेकी सेलेनाले सन् २०२० मा इन्स्टाग्राममा एक लाइभ सेशनमा फ्यानमाझ आफूलाई बायपोलर डिसअर्डरको रोग रहेको खुलाएकी थिइन् ।

यिनै सेलेनाले एक अन्तरवार्तामा आफू सायद कहिल्यै आमा नबन्ने कुरा बताएकी छन् । सेलेना हालैमात्र रोलिङ स्टोन म्यागाजिनको कभरमा देखिएकी थिइन् । उनले पत्रिकासँग आफ्नो भावी योजनाका बारेमा कुराकानी गरेकी थिइन् ।

कुराकानीमा सेलेनाले आफूलाई परिवार बढाउन मनपर्ने भए पनि आफ्नो ‘मेडिकेसन’ का कारण त्यो खतरनाक हुने उल्लेख गरेकी छन् । ‘म गर्भवती हुनका लागि प्रयासरत एक साथीलाई भेट्न गएकी थिएँ । साथीको अवस्था देखेपछि म आफ्नो कारमा गएर रोएँ । किनकी मैले पनि बच्चालाई कहिल्यै पनि जन्म दिन नसक्ने हो कि भन्ने चिन्ता थियो’, उनले भनेकी छन् ।

सेलेनाले बायपोलर डिसअर्डरको औषधिका कारण सन्तान जन्माउनु सन्तान र आमा दुवैका लागि खतरनाक रहेको बताएकी छन् । यसअघि सन् २०१४ मा सेलेनालाई ल्यूपस रोगका कारण अस्पताल भर्ना गरिएको थियो । जहाँ गायिकाको किड्नी ट्रान्सप्लान्ट गरिएको थियो । त्यो किड्नी उनको साथीले दिएकी थिइन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah