धनुषा । जनकपुरधाममा मनाइने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव बुधबार प्रारम्भ हुँदै छ । त्यसका लागि जानकी मन्दिर सजाउने कार्य तीव्र रूपले अघि बढेको छ ।

प्रत्येक वर्षझैँ सप्ताहव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सव बुधबारदेखि विधिवत् प्रारम्भ हुने भएपछि मन्दिरलगायतका स्थान रङ्गीचङ्गी फूलले सजाउन थालिएको छ । महोत्सवका लागि आवश्यक सबै तयारी पूरा भएको जानकी मन्दिरका सहायक महन्थ रोशन दासले बताउनुभयो ।

त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच भएको विवाह स्मरण गर्दै प्रत्येक वर्ष जनकपुरधाममा सप्ताहव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सव बुधबार नगरदर्शन गरी प्रारम्भ हुनेछ । सात दिनसम्म विधिवत् रूपमा मनाइने विवाहपञ्चमीमा प्रत्येक दिन विवाहका विधिहरू गर्ने गरिन्छ ।

विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन मङ्सिर ७ गते बुधबार नगरदर्शन, दोस्रो दिन मङ्सिर ८ गते बिहीबार फूलबारी लीला, मङ्सिर ९ गते शुक्रबार धनुष यज्ञ, चौथो दिन मङ्सिर १० गते शनिबार तिलकोत्सव, मङ्सिर ११ गते आइतबार मटकोर र मङ्सिर १२ गते सोमबार रामसीता स्वयम्बर तथा विवाह कार्यक्रम हुनेछ । लक्ष्मी चाैधरीले गाेरखापत्रमा लेख्नुभएकाे समाचार अनुसार सप्ताहव्यापी विवाह महोत्सवको अन्तिम दिन मङ्सिर १३ गते मङ्गलबार रामकलेवा गरी जन्ती बिदा गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् सम्पन्न हुनेछ ।

यस्तै विवाहपञ्चमी महोत्सवलाई भव्य, सभ्य तथा व्यवस्थित बनाउन तयारीमा जुटेको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले बाह्र बिघा (रङ्गभूभि मैदान)लाई सफा गरी घुम्ती शौचालयको व्यवस्था गर्नेतर्फ लागेको बृहत्तरका अध्यक्ष शीतल साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah