विराटनगर : मोरङको क्षेत्र नम्बर १ र २ मा एमाले र ३ र ६ मा नेपाली काङ्ग्रेसले आ–आफ्नो अग्रतालाई स्थिर राखेका छन्।

निर्वाचन कार्यालयबाट प्राप्त पछिल्लो परिणामअनुसार क्षेत्र नम्बर १ मा एमालेका घनश्याम खतिवडाले ८ हजार १४८ मत ल्याउँदा नेपाली काङ्ग्रेसका डिगबहादुर लिम्बूले ७ हजार ७९ मत प्राप्त गरेका छन्।

क्षेत्र नम्बर १ को १ मा पनि एमालेकै उमाकान्त गौतम अगाडि छन्। गौतमले ९ हजार ९९९ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कुलप्रसाद साम्बाले ७ हजार ५ सय ४८ मत ल्याएका छन्।

क्षेत्र नम्बर २ मा एमालेका ऋषिकेश पोखरेल ११ हजार ३४२ मतका साथ अघिअघि छन्। उनलाई नेपाली काङ्ग्रेसकी सुजाता कोइरालाले १० हजार ५२७ मतका साथ पछ्याइरहेकी छन्।

क्षेत्र नम्बर २ को १ मा माओवादी केन्द्रका गणेशप्रसाद उप्रेती सुशील झिनो मतले अगाडि छन्। उप्रेतीको ४ हजार ७८२ मत आउँदा एमालेका दानबहादुर कार्कीको ४ हजार ५७७ मत देखिएको छ।

क्षेत्र नम्बर ३ मा नेपाली काङ्ग्रेसका डा. सुनिलकुमार शर्मा ठुलो मतान्तरका साथ अघि बढिरहेका छन्।

डा. शर्माको १४ हजार ३३ मत आउँदा एमालेका भानुभक्त ढकालको ८ हजार ७४८ मत आएको छ।

क्षेत्र नम्बर ३ को १ मा नेपाली काङ्ग्रेसका मानबहादुर लिम्बू विजयनजिक पुगेका छन्।

लिम्बूको १८ हजार २८६ मत आउँदा एमालेका दिलीपकुमार राईले १३ हजार ८५८ मत प्राप्त गरेका छन्।

क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रका अमनलाल मोदी अगाडि छन्।

मोदीको १९ हजार १३७ मत छ भने एमालेका विनोद ढकालले १० हजार १९५ मत ल्याएका छन्।

क्षेत्र नम्बर ४ को १ मा एमालेका जयप्रकाश चौधरी झिनो मतले अग्र स्थानमा छन्।

चौधरीले १३ हजार ५६३ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका गुरुराज घिमिरेको १३ हजार १५५ मत छ।

क्षेत्र नम्बर ५ मा एमालेबाट विद्रोही भएर स्वतन्त्र उठेका योगेन्द्र मण्डलले लिड गरिरहेका छन्।

मण्डलको १४ हजार ७५२ मत पुग्दा जनता समाजवादी पार्टीका राजकुमार यादवले १० हजार ५९६ मत पाएका छन्।

क्षेत्र नम्बर ५ को १ बाट नेपाली काङ्ग्रेसका गयानन्द मण्डल विजयी भइसकेका छन्। क्षेत्र नम्बर ५ को २ मा नेपाली काङ्ग्रेसका अमृत धेरै मतले अगाडि छन्।

अर्यालले ६ हजार ५२२ र जनता समाजवादी पार्टीका जयराम यादवले ३ हजार ९१४ मत ल्याएका छन्।

क्षेत्र नम्बर ६ मा नेपाली काङ्ग्रेसका डा. शेखर कोइरालाले अग्रता लिइरहेका छन्।

डा. कोइरालाको १२ हजार ४३९ मत आउँदा एमालेका लालबाबु पण्डितको १० हजार २८० मत छ।

क्षेत्र नम्बर ६ को १ मा एमालेका रीता न्यौपानेले आफ्नो अग्रतालाई स्थिर राखेकी छन्।

न्यौपानेले १० हजार ८७७ र माओवादी केन्द्रका जीवन आचार्यले १० हजार ४५१ मत हासिल गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah