नेकपा माओवादी केन्द्र प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा काठमाडौं उपत्यकाका तीन जिल्लाबाट शून्य बन्ने देखिएको छ । सत्ता गठबन्धनबाट माओवादीका काठमाडौं, ललितपुर र भक्तपुरबाट प्रतिनिधि सभामा ६ जना र प्रदेश सभामा ८ जनाले उम्मेदवारी दिएका थिए ।

प्रतिनिधि सभाका ६ जना उम्मेदवार पराजित भइसकेका छन् । प्रदेश सभामा उम्मेदवारी दिएका ७ जना मध्ये ललितपुर क्षेत्र नम्बर ३ ‘क’मा उम्मेदवार राजकाजी महर्जनको क्षेत्रमा गणना जारी छ । महर्जन समेत एमालेका रघुनाथ महर्जनसँग झिनो मत अन्तरले पछाडि छन् ।

काठमाडौं क्षेत्र नम्बर २ बाट माओवादी स्थायी समिति सदस्य ओन्सरी घर्तीले उम्मेदवारी दिएकी थिइन् । सत्ता गठबन्धनको समेत सहयोगमा उम्मेदवारी दिएकी घर्ती राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमसँगको प्रतिस्पर्धामा फराकिलो मत अन्तरले पराजित भइन् । गौतमले १५ हजार २२९ मत ल्याएर विजयी हुँदा घर्ती ९ हजार ४४९ मत ल्याएर चौथो बनिन् ।

यस्तै काठमाडौं ७ बाट नेपाल समाजवादीकी अस्मिता सिंह मानुषी यमी भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीसँग पराजित भइन् । माओवादीको चुनाव चिन्ह हँसिया हथौडा लिएर मानुषी सत्ता गठबन्धनको समेत सहयोगमा चुनावी मैदानमा उत्रिएकी थिइन् ।

पराजुलीले ८ हजार ७४३ मत ल्याएर विजयी हुँदा मानुषीले ६ हजार ६३ मत ल्याएर तेस्रो भइन् । यस्तै काठमाडौं ९ मा पोलिटब्युरो सदस्य कल्पना धमलाले उम्मेदवारी दिएकी थिइन् । सत्ता गठबन्धनको सहयोगमा उम्मेदवारी दिएकी धमला एमालेका कृष्णगोपाल श्रेष्ठसँग पराजित भइन्। श्रेष्ठले ११ हजार ९५६ मत ल्याएर विजयी हुँदा धमला ६ हजार ४०२ मत ल्याएर तेस्रो भई पराजित भइन् ।

यस्तै काठमाडौं १० मा गठबन्धन नभएपछि माओवादीले एकल रुपमा अन्जना विसंखेले उम्मेदवारी दिएकी थिइन । नेपाली कांग्रेसका राजेन्द्र केसीले १४ हजार ४४८ मत ल्याएर विजयी हुँदा विसंखेले ४ हजार २६० मत ल्याएर पाँचौँ स्थानमा चित्त बुझाइन् ।

भक्तपुर १ मा सत्ता गठबन्धनबाट माओवादीका सुनील गोठेले उम्मेदवारी दिएका थिए । उनलाई नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले फराकिलो मत अन्तरले पराजित गरे । सुवालले ४२ हजार ७६१ मत ल्याएर विजयी हुँदा माओवादीका सुनीलले ५ हजार १६५ मत ल्याएर चौथो बने ।

यस्तै पार्टी संघीय सरकारकी उर्जा मन्त्री एवम् पार्टी उपमहासचिवमा पम्फा भुसालले ललितपुर ३ मा उम्मेदवारी दिएकी थिइन् । भुसाल पराजित हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी भइन्। कार्की ३१ हजार १३६ मत ल्याएर विजयी हुँदा भुसालले ८ हजार ७६९ मत ल्याएर तेस्रो भइन् ।

ललितपुर क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा हरि दाहालले उम्मेदवारी दिएपनि एमालेका मधुसूदन पौडेलसँग पराजित भए । यस्तै काठमाडौं ३ बाट प्रदेश सभा ‘क’ मा कपिलमुनि उप्रेती र प्रदेश सभा‘ख’बाट महेश्वर फुयालले उम्मेदवारी दिएका थिए । पोखरेल र फुयाल दुवै क्रमशः कांग्रेसका छिरिङ दोर्जे र विमल ठकुरीसँग पराजित भए ।

यस्तै काठमाडौं क्षेत्र नम्बर ६ प्रदेश सभा‘क’बाट रविन्द्रप्रसाद श्रेष्ठ र प्रदेश सभा ‘ख’बाट प्रकाश फुयालले उम्मेदवारी दिएका थिए । श्रेष्ठ र फुयाल दुवै क्रमशः कांग्रेसकी हरिप्रभाव खड्का र एमालेका अमनकुमार मास्केसँग पराजित भए ।

यसैगरी काठमाडौँ क्षेत्र नम्बर १० को प्रदेश सभा‘क’ मा दिलीप महर्जन र प्रदेश सभा ‘ख’ मा गणेशबहादुर कुँवरले उम्मेदवारी दिएका थिए । महर्जन र कुँवर दुवै जना कांग्रेसका पुकार महर्जन र एकीकृत समाजवादी रमा आले मगरसँग पराजित भए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah