झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको वौद्धिक जगतले देशलाई गलत दिशातर्फ लैजान खोजेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको निर्वाचन परिणामबारे सोधेको प्रश्नमा ओलीले देशलाई हाहा हुहुतिर लैजान खोजेको आरोप लगाए ।

बिहीबार झापामा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका केही उम्मेदवारले जित हासिल गर्नु मामुली कुरा भएको बताए ।

‘उदय भनेर जे प्रचार, जे प्रोपोगाण्डा गरियो, त्यो वास्तवमा तपाईहरु (सञ्चार माध्यम) को कृपा हो’ उनले भने, ‘देशलाई गलत बाटोतर्फ लान खोज्दै हुनुहुन्छ नेपालको वौद्धिक जगतले । … के गन्तव्य हो, के कार्यक्रम हो, के नीति हो केही छैन, हाहा हुहुमा देश त चल्दैन ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीको जितलाई प्रोत्साहन गर्न आवश्यक नभएको बताए । ‘भविष्यलाई जिम्मेवार ढंगले सोच्ने भन्दा हाहा हुहुमा देशलाई लैजान खोज्ने कुरा नेपालको हितमा छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah