नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी परिणाम सोचेअनुसार नआएको प्रतिक्रिया दिएका छन्।

गोरखा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएको प्रमाण पत्र बुझेपछि आज गोरखा सदरमुकामस्थित हरमटारी जिविस चोकमा भएको विजयी सभालाई सम्बोधन गर्दै प्रचण्डले गोरखामा सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी भए पनि देशभर सोचेजस्तो चुनावी परिणाम नआएको बताए।

‘हाम्रो अपेक्षा जसरी परिणाम भन्ने थियो त्यसरी अलि भएन भन्ने छ। नसोचेको नसोचेको के-के कुरा भए भन्ने पनि छ,’ प्रचण्डले भने, ‘म अहिले काठमाडौं गइहाल्नुपर्ने भयो। देशभर जस्तो चुनावी परिणामको अपेक्षा गरिएको थियो त्यो अलि भएन भन्ने नै हो। त्यसका लागि गठबन्धन बैठक गरी जरूरी गृहकार्य गर्न पर्ने भएको छ।’

उनले गोरखा २ का गाउँगाउँमा पुगेर केही दिनपछि मात्रै आफूले धन्यबाद सभाहरू गर्ने बताए। उनले यो चुनावमा परिवर्तन उल्टाउने चेष्टा भएको समेत आरोप लगाएका छन्।

Esewasoftwaricanic
‘एजेन्डा भन्दा आवेग र भाआवेगमा देशलाई र मानिसलाई भ्रमित पार्ने संकेत देखा परे,’ उनले भने, ‘म अहिले कसैलाई दोष वा आलोचना र आरोपतिर गएको छैन। यो हाम्रा लागि चुनौती हो।’

उनले कुनै पनि हालतमा परिवर्तन उल्टाउन नदिइने बताएका थिए। ‘जनताका छोराछोरीले रगत बगाएर ल्याएको परिवर्तन कुनै पनि हालतमा उल्टाउन दिइने छैन,’ उनले भने, ‘राजनीतिक नेतृत्वले सोचेर अघि बढ्नुपर्छ।’ उनले परिवर्तन रक्षा गर्दै गोरखा र सिंगो देशलाई विकासको गति दिने उद्देश्यले काम गर्ने पनि प्रतिबद्धता जनाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah