मधेस आन्दोलन सुरु भएयता मधेसवादी दलको प्रभाव क्षेत्र मानिएको मधेस प्रदेशको राजधानी जनकपुर नगर क्षेत्रसहितको धनुषा-३ मा पहिलोपटक नेकपा एमालेले जित हासिल गरेको छ । एमाले नेतृ जुली महतो महासेठ यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुने पहिलो महिला साथै पहिलो कम्युनिस्ट नेता हुन् ।

नगरक्षेत्र धनुषा–३ (२) बाट पनि एमालेकै दिपेन्द्र ठाकुर विजयी भएका छन् भने ग्रामीण क्षेत्र मानिएको धनुषा–३(१)बाट नेपाली कांग्रेसका रामसरोज यादव विजयी भएका छन् ।

महतोले ३३ हजार ३ सय ५५ मत प्राप्त गर्दा सत्तागठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका अनिल कुमार झाले २३ हजार ६ सय ८६ मतमात्र प्राप्त गरेका छन् ।

यसैगरी ठाकुर ८ हजार ९ सय २ मत प्राप्त गरी प्रदेशसभा सदस्य निर्वाचन भएका छन् भने लोसपाका प्रमेश्वर साहले ६ हजार ८ सय ७ मत प्राप्त गरेका छन् । धनुषा ३(१)मा नेपाली कांग्रेसका रामसरोज यादव १७ हजार २९ मत प्राप्त गरी विजयी भएका छन् भन्ने जनता समाजवादी पार्टीका जितेन्द्र कुमार यादवले १३ हजार ४ सय ५९ मत प्राप्त गरेका छन् ।

२०४६ को जनआन्दोलनपछि भएको पलो निर्वाचनमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री महेन्द्र नारायण निधि जनकपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यस पछिका दुई कार्यकाल निधिका छोरा तथा नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि तथा एक कार्यकाल राप्रपाका कृष्णप्रताप मल्लले प्रतिनिधिसभामा यस क्षेत्रको प्रतिनिधित्व गरेका थिए ।

तर २०६२/०६३ को मधेस आन्दोलनपछिका पछिल्ला तीनवटा निर्वाचनमा मधेसवादी दलका उम्मेदवारहरु निर्वाचित भएका थिए । २०६४ र २०७० मा सम्पन्न संविधानसभाको निर्वाचनमा मधेसी जनअधिकार फोरमका संजय कुमार साहले क्रमश: एमालेका रघुवीर महासेठ र नेपाली कांग्रेसका रामसरोज यादवलाई पराजित गरी संविधानसभा सदस्य निर्वाचित भएका थिए भने २०७४ को निर्वाचनमा राजपाका राजेन्द्र महतोले कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गरी प्रतिनिधिसभा पुगेका थिए ।

यसरी जनआन्दोलनपछि नेपाली कांग्रेसको तथा मधेस आन्दोलनपछि मधेसवादी दलको गढ रहेको धनुषा ३ मा पहिलो पटक एमाले नेता जुली महतो महासेठ सत्ता गठबन्धनका अनिलकुमार झाभन्दा झण्डै १० हजार मतान्तरले विजयी भएकी छन् ।

धनुषा क्षेत्र नम्बर ३ मा जनकपुरधाम उपमहानगर पालिकाका १७ तथा अन्य पालिकाका गरी कुल ३८ वडा छन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले कुल ३८ वडामध्ये १९ मा जित निकालेको थियो । नेपाली कांग्रेसका वडाध्यक्षहरुले २२ हजार ४ सय २९ मत पाएका थिए । नेकपा एमालेका वडाध्यक्षहरुले १६ हजार १६ मत पाएका थिए भने जनता समाजवादीका वडाध्यक्षहरुले ८ हजार २ सय २४, लोकतान्त्रिक समाजवादी पार्टीकाले १ हजार १ सय ६३,एकीकृत समाजवादीका ३ हजार ७ सय १३ तथा माओवादी केन्द्रका वडाध्यक्षहरुले ६ सय ५६ मत प्राप्त गरेका थिए ।

सात महिनाको फरकमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भने स्थानीय तहको मत दोहरिन सकेको छैन । कांग्रेस, लोसपा, एकीकृत समाजवादी र माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारहरुले स्थानीय तह निर्वाचनमा पाएको मत भन्दा आधा मत पनि सत्तागठबन्धनका अनिल कुमार झाले पाउन सकेनन् ।

धनुषा ३ बाट प्रतिनिधिसभामा एमालेकी जुली विजयी भए पनि धनुषा ३(१)बाट नेपाली कांग्रेसका राम सरोज यादव विजयी भएका छन् । तर धनुषा ३(२) बाट सत्ता गठबन्धन दलका प्रमेश्वर साहले भने जित्न सकेनन् ।

यसैगरी धनुषा १ को प्रतिनिधिसभा निर्वाचनमा सत्तागठबन्धन दलबाट माओवादी केन्द्रका उम्मेदवार मातृकाप्रसाद यादव तथा धनुषा २(१)बाट प्रदेशसभाका माओवादी उम्मेदवार श्याम यादवलाई समेत कांग्रेसी मतदाताहरुले मतदान नगरेको गुनासो माओवादी केन्द्रका नेता कार्यकर्ताहरुको छ ।

धनुषा १ मा यादव जनता समाजवादी पार्टीका उम्मेदवारभन्दा २ हजार अधिक मतले पछि परेका छन् भने धनुषा २ मा कांग्रेसका रामकृष्ण यादव प्रतिनिधिसभामा विजय भए पनि माकेका श्याम यादव भने पराजित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah