धनकुटा — विजय ऱ्यालीबाट फर्कँदै गरेका युवकमाथि सांघातिक आक्रमण भएको भन्दै नेकपा एमालेको भ्रातृ संगठन युवा संघले आइतबार धनकुटामा विरोध प्रदर्शन गरेको छ ।

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा विजयी भएपछि सदरमुकाममा आयोजित ऱ्यालीबाट फर्कँदै गरेका धनकुटा नगरपालिका–६ पाङसिङका ३० वर्षीय राजन कार्कीमाथि सल्लेरी वनस्थित आँखा अस्पताल नजिकै कुटपिट भएको थियो ।

कुटपिटबाट कार्कीको देब्रे आँखामाथि गम्भीर चोट लागेको छ । शरीरका अन्य भागमा पनि निलडाम छ । घाइतेको जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर पठाइएको छ । जुलुसबाट फर्किने क्रममा धनकुटा ६ का पूर्व वडाध्यक्ष समेत रहेका कांग्रेस नगर सभापति नरेश श्रेष्ठको समूहले आफूलाई कुटपिट गरेको घाइते कार्कीले आरोप लगाएका छन् ।

‘जुलुसबाट फर्किने क्रममा पहिलेका वडाध्यक्ष नरेश श्रेष्ठसहित ४/५ जनाले ममाथि अकस्मात आक्रमण गरे,’ कार्कीले भने, ‘सँगै भएको साथी भागेर जोगियो, मलाई समातेर आक्रमण गर्दा बेहोस भएपछि छोडेछन् ।’ राजनसँगै रहेका तिलक कार्कीले समेत श्रेष्ठसहितको समूहले कुटपिट गरेको र आफू भागेर ज्यान जोगाएको बताए । एमाले समर्थक रहेको कारण आक्रमण भएको उनीहरूको भनाइ छ ।

घटनाका पक्ष र विपक्षको रुपमा एमाले र कांग्रेस दुवैले विज्ञप्ति जारी गरेका छन् । कांग्रेसले आफ्ना कार्यकर्ता उक्त घटनामा संलग्न नरहेको र फसाउन खोजिएको भन्दै विज्ञप्ति जारी गरेको छ । यस्तै, एमालेले पनि घटनाका दोषीलाई कारबाही गर्नुपर्ने माग अघि सारेको छ । घटनाको विरोधमा एमाले निकट युवा संगठनले सोमबार प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना समेत दिएका छन् ।

कुटपिटका आरोपित श्रेष्ठविरुद्ध किटानी जाहेरी दिए पनि प्रहरीले उजुरी दर्ता नगरेको पीडित पक्षले बताए । घटनाबारे जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले घटनाबारे गहिरिएर अनुसन्धान गरिने बताए । उपचारबाट घाइते फर्किएपछि थप कुरा बुझेपछि प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।

कुटपिटको आरोप लागेका श्रेष्ठले भने आफूमाथि निराधार आरोप लगाएर फसाउन खोजिएको दाबी गरे । घटना भएको भनिएको समयमा आफू त्यस स्थानमा नरहेकोले कुटपिटमा आफ्नो कुनै संलग्नता नरहेको उनको भनाइ छ । उनले भने, ‘यो आरोपमा कुनै सत्यता छैन, कुटपिटमा मेरो कुनै संलग्नता छैन, मलाई फसाउन खोजिँदैछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah