काठमाण्डौ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यही मङ्सिर २६ गतेसम्ममा चुनाव प्रक्रियाका सबै काम सक्ने बताउनुभएको छ ।

आज शुक्रवार जिल्ला निर्वाचन कार्यालय काठमाण्डौले जिल्लामा चुनावमा खटिने निर्वाचन अधिकृत र सुरक्षा निकायका प्रमुखका लागि राखेको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले चुनाव प्रक्रियाका सबै काम मङ्सिर २६ गतेसम्म सक्ने तयारी रहेको बताउनुभएको हो । उहाँले मङ्सिर १९ गतेसम्ममा मतगणना कार्य सम्पन्न गरिसक्ने र राजनीतिक दलहरूलाई मङ्सिर २२ गतेसम्ममा निर्वाचित प्रतिनिधि सभा सदस्यहरूको नाम कानुनले तोके अनुरूप पठाउनका लागि पत्राचार गरिने पनि उल्लेख गर्नुभयो । त्यसपछि राष्ट्रपति समक्ष प्रतिवेदन पेस हुने उहाँले बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले एकै चरणमा सबै ठाउँको चुनाव सम्पन्न गरेर आउँदा दिनमा पनि सबै ठाउँमा एकै चरणमा चुनाव सम्पन्न गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गरेको बताउनुभयो । उहाँले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको उल्लेख गर्नुभयो ।

उहाँले आफूहरू वर्तमान निर्वाचन कानुनसँग सन्तुष्ट नभएको बताउनुभयो । उहाँले आउँदो संसदमा चुनावसम्बन्धी नयाँ कानुन लैजाने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी वर्तमान निर्वाचन कानुनसँग सन्तुष्ट छैनौँ । हामी छिट्टै अब नयाँ कानुनद्वारा निर्वाचनको व्यवस्थापन गरिनुपर्छ भन्ने कुरामा व्यापक तयारी गरिरहेका छौँ । सम्भवतः यो नयाँ संसदको नयाँ अधिवेशनमा नयाँ कानुन प्रवेश गर्नेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah