हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित १६५ जना सांसदमध्ये अधिकांश ५१ देखि ६० वर्ष उमेर समूहका निर्वाचित भएका छन्।

यो उमेर समूहका ७५२ जना प्रतिस्पर्धामा उत्रिएकोमा ६८ जना उम्मेदवार विजयी भएका छन्। अर्थात् कुल सांसदको ४१.२१ प्रतिशत यहीँ उमेर समूहबाट सांसद हुने भएका छन्।

यस्तै ६१ वर्षदेखि ७० वर्षसम्मका ३२४ उम्मेदवारमध्ये ४४ जना विजयी भएका छन्। विजयी भएका १६५ प्रत्यक्ष सांसदमध्ये यो उमेर समूहबाट २६.६७ प्रतिशत छन्।

त्यसपछि सर्वाधिक विजयी हुने उमेर समूहमा ४१ देखि ५० वर्षसम्मका ३० जना छन्। अर्थात् कुल सांसदमध्ये १८.१८ प्रतिशत विजयी हुने सांसदमा यहीँ उमेर समूहका छन्। यो उमेर समूहबाट ६९९ जनाले उम्मेदवारी दिएका थिए।

यस्तै ७१ देखि ७५ वर्ष उमेर समूह र २५ देखि ४० उमेर समूहबाट समान १०-१० जना विजयी भएका छन्।

७१ देखि ७५ वर्षसम्मका ४८ जनाले उम्मेदवार दिएका थिए भने २५ देखि ४० वर्ष समूहका ७५९ जनाले उम्मेदवार दिएका थिए।
यस्तै यसपालि ८० वर्षभन्दा माथिका १० जनाले उम्मेदवार दिएकोमा ३ जना सांसद निर्वाचित भएका छन्।

Esewanic
नवनिर्वाचितमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जना, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका २-२ जना तथा कांग्रेस, माओवादी र राप्रपाका १-१ जना ४० वर्ष नकटेका सांसद छन्।

प्रत्यक्षमा निर्वाचितमध्ये काठमाडौं-२ की सोविता गौतम सबैभन्दा कान्छी सांसद हुन्। २७ वर्षीया गौतम राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएकी हुन्।

यस्तै प्रतिनिधिसभा सदस्यबाट निर्वाचित मुस्ताङका २९ वर्षीय योगेश गौचन थकाली कांग्रेसका ३० वर्षमुनिका एक्ला सांसद हुन्। जुम्लाबाट निर्वाचित राप्रपाका ज्ञानेन्द्र शाही पनि ३० वर्षकै उमेरमा संसद छिर्ने भएका छन्।

यस्तै स्वतन्त्र पार्टीबाटै ललितपुर–३ मा निर्वाचित तोसिमा कार्की ३३ वर्षकी छन्।

यस्तै नागरिक उन्मुक्ति पार्टीका कैलाली–२ बाट निर्वाचित अरुणकुमार चौधरी र माओवादी केन्द्रका अनललाल मोदी ३७ वर्षका छन्। यस्तै कैलाली–१ बाट निर्वाचित रञ्जिता श्रेष्ठ रचितवन १ बाट चुनिएका हरि ढकाल ३९ वर्षीका छन्।

मकवानपुर-२ बाट निर्वाचित एमालेका ४० वर्षीय महेश बर्तौला र बारा-३ बाट निर्वाचित एमालेकी ज्वालाकुमारी साह ४० वर्षीया हुन्।

प्रत्यक्षमा निर्वाचितमध्ये ७० वर्ष माथिका १४ जना छन्। जसमा ७९ वर्षसम्मका १० जना छन् भने ८० वर्षभन्दा तीन जना छन्।

लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुर ८०, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी ८१ र माओवादीका महिन्द्र राय यादव ८५ वर्षका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah