प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक उम्मेदवारको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीमा असन्तुष्टि देखिएको छ।

मतगणना सकिएसँगै प्रतिनिधि सभातर्फ समानुपातिक सांसद चयनको विषयलाई लिएर नेता तथा कार्यकर्ताले बिहीबार पार्टीको केन्द्रीय कार्यालय वसुन्धरामा खबरदारी गरेका छन्।

समानुपातिक उम्मेदवार छान्दा स्वतन्त्र पार्टीले प्रारम्भिक मतदान गरेको थियो। सोहीअनुसार नै निर्वाचन आयोगमा बन्दसूची बुझाएको र अन्तिम नामावली निर्वाचन आयोगमा पठाउँदा तल–माथि हुन सक्ने आशङ्कामा खबरदारी गरिएको हो।

स्वतन्त्र पार्टी सुनसरीका जिल्ला सभापति लालविक्रम थापासहितको टोलीले पार्टी कार्यालय पुगेर ध्यानाकर्षणपत्र दर्ता गराएको छ। उहाँले अन्य पार्टीमा जस्तै यो पार्टीमा पनि समानुपातिक सूची तल–माथि भए अस्वीकार्य हुने बताउँदै खबरदारी गरिएको बताउनुभयो। ध्यानाकर्षणपत्रमा निर्वाचन आयोगमा छनोट गरी पठाएको नामावली सूचीअनुसार छनोट गर्न, निर्वाचनमा सात जनाले मात्र जितेकोमा त्यसको समीक्षा गर्न तथा पार्टी सभापति रवि लामिछानेको नागरिकता विवादबारे पार्टीका तर्फबाट कडा प्रतिवाद गर्न ध्यानाकर्षण गराइएको छ। सो पार्टीबाट १६५ स्थानमा उम्मेदवारी दिइएको थियो।

चुनावअघि पार्टीमा पहिलो चरणको आन्तरिक चुनाव गरी धेरै मत ल्याउनेलाई पहिलो नम्बरअनुसार समानुपातिक उम्मेदवारको बन्दसूची तयार गरी निर्वाचन आयोगमा पेस गरिएको थियो। समानुपातिक सांसद चयन गर्दा पार्टीभित्रको प्रारम्भिक निर्वाचनविपरीत गर्न खोजेको भन्दै सो पार्टीमा आशङ्का बढ्दै गएको देखिएको छ।

रास्वपा प्रत्यक्षतर्फ सात स्थानमा विजयी भएको छ भने समानुपातिकतर्फ १३ स्थान सुरक्षित गर्न सफल भएको छ। पार्टीका प्रवक्ता तथा महामन्त्री डा. मुकुल ढकालले बन्दसूचीका विषयमा तल–माथि नहोस् भनेर गरिएको खबरदारीलाई अन्यथा लिन नहुने बताउनुभयो।

यस पार्टीले समानुपातिकमा आदिवासी जनजाति र खसआर्यबाट तीन÷तीन जना, दलित र मधेशीबाट दुई/दुई जना तथा पिछडिएका वर्ग, थारू र मुस्लिमबाट एक/एक जनालाई सांसद बनाउनुपर्ने हुन्छ। भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले समानुपातिक सांसद छनोटलाई लिएर पार्टीमा भएको विवाद गज्जब भएको प्रतिक्रिया दिनुभएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah