-बिष्णुप्रसाद पोखरेल
कार्तिक ७ /दमक, झापाको दमकमा डेंगुको महामारी फैलिएको ठहर गर्दै यसलाई न्यूनिकरणका लागि प्रभावकारी कदम चाल्नका लागि माग गरिएको छ । दमकमा भएका सरोकारवालाहरुको छलफलले महामारीको रुप लिएको डेंगु ज्वरोको महामारी नियण्त्रणका लागि सामुहिक प्रयास गर्ने प्रतिबद्धता समेत जनाएकाछन् । दमकमा आइतवार साँझसम्ममा ६० भन्दाबढिमा डेगु ज्वरो प्रमाणित भएको छ ।
दमक उद्योग बाणिज्य संघले गरेको सर्वपक्षिय सरोकारवालाहरुको छलफलमा डेगु ज्वरोको महामारी रोक्नका लागि सरकार लगायतका सरोकारवाला निकायहरुको ध्यानकर्षण गराउदै आफ्नो तर्फबाट गर्न सकिने सबै काम तत्काल गर्ने निर्णय समेत भएको छ । सघका अध्यक्ष राजेन्द्र ढकालले डेंगु ज्वरोको प्रकोपल महामारीको रुपमा लिएकाले रोकथामका लागि सामुहिक प्रयास थालनि गर्ने सामुहिक प्रतिबद्धता सहित सरकार लगायत सरोकारवाला निकायको ध्यानकर्षण गराउने निर्णय भएको हो ।
सरकारले उपलब्ध गराउने किटको अभाव भएकाले नीजि अस्पतालहरु उपलब्ध गराउन नसकिएको जनाउदै किट मगाईएकाले आउनसाथ नीजि अस्पतालहरुलाई पनि उपलब्ध गराइने उनले जनाए । चौलागाइले जिल्ला अस्पताल दमकमा भने निशुल्क रुपमा डेंगु ज्वरोको परिक्षण गर्ने ब्यवस्था मिलाईएको र डेंगु पहिचान केन्द्रको रुपमा अहिलेलाई ब्यवस्था गरिएको समेत बताए ।
दमक स्थित आम्दा अस्पताल र लाइफलाइन अस्पतालले डेंगु ज्वरोका शंकाश्पद बिरामीहरुको परिक्षण तथा डेंगु पहिचानसम्मको काम निशुल्क गर्ने जनाएकाछन् । आम्दा अस्पतालका प्रमुख डा. नबिन ढकाल र लाइफलाइन अस्पतालका अध्यक्ष बालचन्द सुब्बाले यस्तो प्रतिबद्धता गरेकाहुन् । सामुहिक प्रयासबाट मात्र यो रोगको महामारी रोक्न सकिने जनाउदै आफूहरुबाट सबै प्रकारको सहयोग रहने उनिहरुले बताए ।
दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले दमक नगरपालिकाले सबै प्रयत्न र शक्ति यसमा लगाएको बताए । मन्त्रालयसम्म यस बिषयमा ध्यानकर्षण गराएको बताउदै २४ घण्टाभित्रमा नै आवश्यक श्रोत साधन सहितको टोली दमकमा आइपुग्ने आश्वसन पाएको पनि दाहालले जनाएकाछन् । यो रोगलाई नियण्त्रण गर्न आफैबाट प्रयास गरिनु पर्ने बताउदै सबैले एकपटक लाग्नु पर्नेमा उनको जोड रहेको थियो ।
औषधि ब्यवस्था बिभागका क्षेत्रिय प्रमुख शम्भु शाहले औषधि पसलहरु ज्वरोको बिरामी भन्दै आफुखुसि औषधि दिने गरेको गुनासो आएकाले यसलाई रोक्नका लागि तत्काल निर्देशन दिइने बताए । डेंगु ज्वरो आउदा सिटामोल बाहेकका अन्य औषधिहरु प्रयोग भएमा यसले झन् जटिलता ल्याउने बताउदै उनले यस्तो बताए ।
लाइफलाइन अस्पतालका डा.दीपकराज बरालका अनुसार अस्पतालमा अत्तालिएर आएका डेंगुका बिरामीहरुलाई रोगको बिषयमा परामर्श दिएर पठाउने गरिएको छ । यसको खास उपचार नभएकाले सम्झाएर पठाउने गरिएको छ । सिटामोल र पर्यापतमात्रामा झोल पदार्थ, जिबनजल खान सल्लाह दिएर पठाउने गरिएको उनले जनाए । बरालका अनुसार रगतमा प्लेटलेट अर्थात सेतो रगतको मात्रामा कमी आएमा र यो क्रम नरोकिएमामात्र अस्पतालमा भर्ना भएर चिकित्सकको निगरानीमा बस्नु पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah