कोशी प्रदेशमा आज लिम्बुवान किराँत मोर्चा,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लगायत विभिन्न पहिचानावादी दल तथा समुहहरु द्वारा गरिएको बन्दको प्रभाव कोशी प्रदेश भरि परेको छ भने दमकमा प्रहरीले आठ जना बन्दकर्ताहरुलाई पक्राउ गरेको छ।

मोर्चाले प्रदेशभरिका विभिन्न शहरमा हिजो शनिवार साँझ राँके जुलुस निकालेर कोशी प्रदेश नामाकरणको विरुद्ध नाराबाजी गर्दै आजको बन्द सफल पार्न आह्वान गरेका थिए।

यसै सन्दर्भमा आज कोशी प्रदेशमा बन्दको प्रभाव राम्रोसँग परेको देख्न सकिन्छ, यहाँका विद्यालयहरु बन्द छन् भने सार्वजनिक सवारीसाधनहरू छिटफुट मात्रामा मात्र चलेका छन।

दमकमा बन्दकर्ताहरुले बिहान सार्वजनिक तथा निजि सवारीसाधनलाई समेत रोक लगाएका थिए भने केहि मालबहाक तथा यात्रुबाहक सवारिहरुलाई दमक चोकबाट स्कर्टिंग गरेर पास गरेपछि बन्दकर्ताहरु आक्रोशीत बनेका थिए ।

केहि समयको विवाद पछी प्रहरीले आठजना बन्दकर्ताहरुलाई पक्राउ गरेको हो भने पक्राउ पर्नेहरु लिम्बुवान र किराँत मोर्चा सम्बद्ध युवाहरु रहेको बुझिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah