जसपाका अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपतिमा महिला र पुरुष गरी दुई जना उम्मेदवार उठाएपछि यी तीन दलले त्यसको विरुद्धमा जनमतबाट ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार उठाएर उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालविरुद्ध मधेसमा मोर्चाबन्दी सुरु भएको संकेत दिएका छन् ।

जनमत पार्टीका उपाध्यक्ष दीपक साहका अनुसार भागबण्डामा जसपाका अध्यक्ष यादवले उपराष्ट्रपति पाइसकेपछि अन्य दलसँग छलफल तथा सल्लाह गरेनन् त्यसैले जोसँग मुद्दा र विचार मिल्छ ऊसँग मिलेर अगाडि बढ्नेछौं ।’

जनमत पार्टीका अध्यक्ष सीके राउत स्वयंले उपेन्द्र यादवलाई भेटेर चुनावी गठबन्धनका लागि प्रस्ताव गरेका भएपनि जसपा भने ठूला दलसँग चुनावी तालमेल गर्ने दौडधुपमा थियो ।

उपराष्ट्रपति चुनावमा रामसहाय यादवले जितेको खण्डमा बारा–२ मा प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचनमा उपेन्द्र यादव उम्मेदवार बन्ने चर्चा छ तर उक्त चुनावमा सो क्षेत्रमा पनि जनमत र लोसपाले उनलाई साथ नदिने सम्भावना रहेको केहि नेताहरु बताउँछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah