काठमाडौं । यो संसारमा पहिला कुखुरी आई कि अण्डा आयो ? यो प्रश्नले आजसम्म पनि धेरैलाई रिंग्याइरहेको छ । कसैले पनि यसको जवाफ दिन सकेका छैनन् ।

तर अहिले आएर वैज्ञानिकहरूले यसको जवाफ पत्ता लगाएका छन् । शेफील्ड र वारविक विश्वविद्यालयले पहिले कुखुरी आएको दाबी गरेका छन् । विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अनुसन्धानबमोजिम ओभोक्लाइडिन नामक प्रोटीनबाट अण्डाको खोल बनेको हो र यो प्रोटीनविना अण्डाको निर्माण सम्भव छैन ।

सबभन्दा महत्त्वपूर्ण कुरा त यो प्रोटीन कुखुरीको गर्भाशयमा मात्र पाइन्छ । त्यहाँ बाहेक शरीरका कुनै पनि भागमा यो प्रोटीन पाउन सम्भव छैन ।

अनुसन्धान टोलीका प्रमुख वैज्ञानिक डाक्टर कोलिन फ्रीम्यानका अनुसार लामो समयदेखि चलिरहेको यो विवाद अब अन्त्य भएको छ । यसलाई प्रमाणित गर्नका लागि पर्याप्त वैज्ञानिक सबूत पनि उपलब्ध भएको उनी बताउँछन् ।

कुखुरीको गर्भाशयमा प्रोटीन उत्पन्न हुन्छ र त्यसैबाट अण्डा बन्छ ।

तर प्रतिवेदनमा कुखुरी आफैं चाहिँ कहाँबाट आउँछे त भन्ने खुलाइएको छैन । यससम्बन्धमा प्राध्यापक जोन हार्डिङको भनाइ यस्तो छ : वास्तवमा यो रासायनिक प्रक्रिया एकदमै अचम्मलाग्दोे छ । कुखुरीको शरीरमा अण्डाको बोक्रा तयार हुनु नै दुर्लभ प्रक्रिया हो । यो कसरी हुन्छ भनेर थाहा पाइयो भने नयाँ तथ्य बाहिर आउन सक्छ । अहिले यही जान्नका लागि अध्ययनहरू भइरहेका छन् ।नेपाल समाचारपत्रबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah