मुख्यमन्त्री शालिकराम जम्कट्टेल (फाइल तस्बिर)

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागबण्डा टुंगिएपछि मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

मुख्यमन्त्री जम्कट्टेलनिकट स्रोतका अनुसार आज (आइतबार) साँझसम्म मन्त्रिपरिषद् विस्ता गर्नेगरी तयारी भइरहेको छ।

बागमती प्रदेशमा ७ वटा मन्त्रालय रिक्त रहेका छन्। रिक्त रहेका ७ मन्त्रालयमध्ये ५ जना नेपाली कांग्रेसबाट तथा नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबाट १ जना मन्त्री नियुक्त गर्ने तयारी छ।

११ मन्त्रालय रहेको प्रदेशमा मन्त्रालय नबढ्ने गरी मन्त्रालयको भागबण्डा मिलाउने सहमतिअनुसार कांग्रेसले ५ वटा मन्त्रालय पाउने भएको हो। यसअघि कांग्रेसले ६ मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएकोमा मन्त्रालयको संख्या नबढाउने समझदारीपछि ५ वटा मन्त्रालयमा सहमति जुटेको हो।

प्रदेश सरकारमा कांग्रेसको तर्फबाट संसदीय दलका नेता बहादुर लामाले नेतृत्व गर्ने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah