काठमाडौं। वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन २ मा उम्मेदवार बन्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफूविरुद्धको उजुरीको स्पष्टिकरण दिनुभएको छ ।
सभापति छामिछानेले बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ६ पृष्ठ लामो स्पष्टीकरण बुझाउनु भएको हो । रविको स्पष्टीकरण अध्ययनपछि कार्यालयले बुधबार नै साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ।
चितवन( २ को उपनिर्वाचनमा लामिछानेविरूद्ध उजुरी दिएका ४ मध्ये युवराज पौडेल ‘सफल’को नलाग्ने भएको छ। लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाई फेरि नागरिकता लिएको भन्दै पौडेलले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिनुभएको थियो । तर लामिछानेविरूद्ध पौडेल बाहेक अन्य ३ जनाले पनि उजुरी दिनुभएको छ ।
३ जना उम्मेदवार र प्रतिनिधिहरुको उजुरी लिएको निर्वाचन अधिकृतको कार्यालयले पौडेलले उजुरी दिनै नपाउने भन्दै दर्ता गर्न अस्वीकार गरेको हो।
छामिछाने विरुद्ध स्वतन्त्र उम्मेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी र स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवबहादुर सुवेदीले उजुरी दिनुभएको हो ।
लामिछानेले पुरानो मतदाता नामावलीका आधारमा उम्मेदवारी दर्ता गरेको उजुरीमा उल्लेख थियो। नागरिकता लिएको ३ महिना नपुगी उम्मेदवार बन्न नमिल्ने दाबी उजुरीमा दाबी गरिएको छ ।



