विगत आय वर्षमा बुझाएको आय विवरण तथा दाखिला गरेको करको अंक फरक परेका (मिसम्याच) करदाताले यही चैत मसान्त भित्र छुट सुविधा लिन सक्ने भएका छन् ।

आन्तरिक राजस्व विभागले एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो ।

विभागका अनुसार आव २०७७/७८ सम्म आफ्नो कारोबार घोषणा गर्दा वास्तविक कारोबार अंक फरक परेको अवस्थामा चैत २०७९ भित्र प्रत्येक आर्थिक वर्षको वास्तविक कारोबार घोषणा गरी फरक परेको बिक्री रकमको १.५ प्रतिशत मात्र कर बुझाएमा घोषणा गरेकै कर अन्तिम हुने गरी छुट दिएको छ ।

यो आर्थिक ऐन २०७९ ले दिएको छुट हो ।

यस्तो छुट चैत मसान्तसम्म मात्र पाइने विभागको भनाइ छ । यो सुविधा आव २०७७/७८ सम्मको मिसम्याच रकमको खरीद बिक्रीमा कर निर्धारण भई बक्यौता रहेको तथा मुद्दामा गएको अवस्थामा समेत प्राप्त गर्न सकिने विभागले जनाएको छ ।

हेर्नुहोस् सूचनाः

               

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah