झापा : लघुवित्तीय संस्थाको ज्यादतीविरुद्ध झापाका महिला संगठित भएर आन्दोलनमा उत्रिएका छन्। लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति झापाले सरकारसमक्ष पाँचबुँदे माग अघि सार्दै चैत २१ गतेदेखि जिल्ला प्रशासन कार्यालय झापाको मुख्य प्रवेशद्वार अगाडि अनिश्चितकालीन धर्ना दिएका छन्।

जिल्लाका विभिन्न स्थानका लघुवित्तीय संस्थाबाट पीडित बनेका महिला बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म धर्नामा बस्दै आएका संघर्ष समितिकी संयोजक लिजा राईले जानकारी दिइन्। उनले धर्ना ६ दिनदेखि चलिरहेको विरोधसहितको धर्नामा लघुवित्तपीडित महिला सहभागी भएको बताइन्।

संघर्ष समितिले नवसामन्तीका रूपमा स्थापित लघुवित्तीय संस्था खारेज गर, लघुवित्तीय संस्थाद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर, आम गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर, आवश्यकता र क्षमताका आधारित काम र दामको व्यवस्था गर र समाजवादी अर्थतन्त्रको विकास गरलगायतको माग अघि सारेको छ।

‘लघुवित्तीयबाट पीडित महिलाको माग पूरा नभएसम्म धर्ना कार्यक्रम जारी रहन्छ,’ संयोजक राईले भनिन्, ‘आन्दोलनलाई अझ सशक्त बनाएर उत्रिने छौं।’

त्यस्तै संघर्ष समिति कोसी प्रदेशका सल्लाहकार संयोजक सुभाषचन्द्र मैनालीका अनुसार धर्ना कार्यक्रमले सरकारमा दबाब नपरेकोले केन्द्रीय संर्घष समितिले छिट्टै थप संघर्षका कार्यक्रम सार्वजनिक गर्न लागेको बताए। लघुवित्तीय संस्थाका कारण आत्महत्या गर्न बाध्य हुनु परेकोले महिला आन्दोलन गर्न बाध्य भएको उनले सुनाए। अन्नपूर्ण पोस्ट बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah