गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले आठौं पटक मन्त्रिपरिषद विस्तार गर्ने भएका छन ।
नेपाली कांग्रेसका एनपी साउदले परराष्ट्र मन्त्रीको रुपमा शपथ ग्रहण गर्ने निश्चित भएको छ भने अन्य मन्त्रीहरुको टुंगो लागेको छैन ।
आज साउद परराष्ट्रमन्त्री बनेपछि पनि सरकार अझै अपुरो हुनेछ प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमा गर्न लागेको भारत भ्रमणलाई लक्षित गरी परराष्ट्रमन्त्री नियुक्त गर्न लागिए पनि मन्त्रिपरिषदलाई भने यही वैशाख १० गते तनहुँ १, बारा २ र चितवन २ मा हुने उपनिर्वाचन पछि पूर्णता दिने तयारी प्रधानमन्त्री प्रचण्डको छ ।



