मदिरा सेवन गर्दा शरीर र स्वास्थ्यमा हुने नकारात्मक असरका बारेमा त तपाईले धेरै सुन्नु र पढ्नु भएको होला । तर, यो थाहा पाएर तपाईलाई आश्चर्य लाग्न पनि सक्नेछ कि मदिरा सेवनका केही फाइदा पनि छन् ।
हो, यदि तपाईको स्मरणशक्ति कमजोर छ भने यो समस्या समाधान गर्न मदिरा सहयोगी हुने एउटा अध्ययनले देखाएको छ । अध्ययनको निष्कर्षअनुसार मदिरा सेवनबाट स्मरण शक्ति बढ्ने गर्दछ ।
बेलायतको युनिभर्सिटी अफ एक्सिटरमा भएको नयाँ अध्ययनको दावीअनुसार यदि ड्रिंकिंग सेसनभन्दा ठिक पहिला कुनै सूचना वा जानकारी सिकाउने हो भने मदिराका कारण उक्त सूचना लामो समयसम्म याद रहन्छ । किनभने मदिराले मानिसको स्मरण क्षमता राम्रो बनाउने गर्दछ । शोधकर्ताहरुले अत्यधिक मदिरा सेवनबाट मानिसमा शारीरिक र मानसिक स्वास्थ्यमा कति नराम्रो असर पर्दछ भन्ने कुरालाई ध्यानमा राख्दै यो सीमित सकारात्मक पक्षलाई लिनुपर्ने बताएका छन् ।
शोधकर्ताहरुले अध्ययनका क्रममा १८ देखि ५३ वर्ष उमेरका ८८ सामाजिक ड्रिङ्कर्स जसमा ३१ पुरुष र ५७ जना महिलालाई संलग्न गराएका थिए । उनीहरुलाई वर्ड लर्निङको टास्क दिइएको थियो । त्यसपछि सहभागीहरुलाई दुई समूहमा विभाजन गरियो । एउटा ग्रुमलाई मनलागे जति मदिरा पिउन भनियो भने अर्को समूहलाई मदिरा पिउन निषेध गरियो । दोस्रो दिन सहभागीहरुलाई त्यही टास्क पुनः दियो नतिजा यो आयो कि जसले मदिरा सेवन गरेका थिए उनीहरुलाई अघिल्लो दिनको कुरा बढी याद थियो ।
युनिभर्सिटी अफ एक्सिटरका प्रोफेसर सिलिया मार्गनले भने–हाम्रो अध्ययन मात्र यो देखाउनु होइन कि जसले मदिरा सेवा गरे उनीहरु वर्ड लर्निङसम्बन्धी टास्क राम्रो गरे, बरु बढी मदिरा सेवन गर्नेले अझ राम्रो गरे । यद्यपि यसपछाडि को कारण अहिलेसम्म स्पष्ट छैन । तर, मदिराले कुनै पनि नयाँ सूचनालाई ब्लक गरिदिन्छ, त्यसैले ब्रेनमा बढी संशाधन उपस्थिति हुन्छन्, त्यसैले कुनै पनि नयाँ सूचना लामो समयसम्म याद राख्न सहयोग गर्ने मानिएको छ। एजेन्सी



