काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्याका आएका कारण उडान प्रभावित भएको छ ।
विमानस्थल टावर र पाइलटबीचको सञ्चारमा समस्या देखिएकाले आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ उडान प्रभावित भएको विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । आकाशमा भएका जहाजलाई अवतरण गराउने काममा भने समस्या नभएको उहाँले बताउनुभयो ।



