चितवन निर्वाचन क्षेत्र नम्बर २ मा दिउँसो १ बजेबाट मतगणना गर्ने सहमति भएको छ ।

सोमबार बिहान बसेको सर्वदलीय बैठकमा दिउँसो १ बजेबाट मत गणना गर्ने सहमति भएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।

यसअघि सर्वदलीय बैठकमा कांग्रेस एमालेका प्रतिनिधिले रास्वपाका उम्मेदवार रवि लामिछानेलाई कारवाही गर्नुपर्ने भन्दै चर्को आवाज उठाएका थिए ।

एमाले कांग्रेसको अडानपछि लामिछानेलाई मुख्य निर्वाचन अधिकृतको कार्यलयले स्पष्टिकरण सोध्ने र प्रमुख जिल्ला अधिकारीले मतपेटिकाको सुरक्षा जिम्मेवारी लिने सहमति भएको छ ।

मतगणना भरतपुरस्थित उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ । चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ प्रतिस्पर्धी उम्मेदवारका रुपमा रहेका छन् ।

सर्वदलीय बैठकमा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लंघन गरेकोबारे साधिने स्पष्टिकरण केन्द्रमा लेखेर पठाउने पनि सहमति भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah